१० हजार स्याउका बिरुवा रोप्न विप्लव जुम्ला जाँदै!

डेली न्युजराप्ती       २३ फाल्गुन २०८० ०७:५७ मा प्रकाशित     539 No Comments

जुम्ला : सामुहिक रुपमा स्याउ खेतिका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लव सी जुम्ला जाने भएका छन ।

जुम्लाको हिमा गाउँपालिकामा १० हजार स्याउका विरुवा रोप्नका लागी विप्लव सहित सो पार्टीका प्रवक्ता प्रकाण्ड सी सहितका नेताहरु जुम्ला जान लागेका हुन ।

नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही (प्रभाजित सि) का अनुसार पार्टीको कार्यक्रम अनुसार पार्टीको लक्ष्य कृषिमा आत्मनिर्भर रहनु हो ।

त्यस क्षेत्रमा फागुन २५ गते देखी १० हजार स्याउका विरुवा रोप्न सूरु गरिनेछ । नेपाल कम्यूनिष्ट पार्टी जुम्लाका अनुसार २४ गते उहाँहरु जुम्ला पुग्ने कार्यक्रम रहेको छ भने २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टीले जानकारी दिएको छ । सामुहिक स्याउ रोप्ने कार्यक्रमका लागि फागुन १५ गते देखी स्थानीय स्तरमा तयारी भईरहेको छ। स्थानीय स्तरमा नेता प्रभाजित सी, अर्जुन सी लगायतका नेताहरुको अगुवाईमा कार्यक्रमको तयारी भईरहेको पनि सो पार्टीले जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सि, नेता प्रकाण्ड सि सहितका आधा दर्जन स्थायी कमिटिका नेताहरु जुम्ला जान लागेका छन्। यसैगरी २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । यसैगरी २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि नरहरीनाथ जाने कार्यक्रम रहेको छ नेकपा स्रोतले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार