सीता दाहालको राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि

डेली न्युजराप्ती       २७ असार २०८० १७:५० मा प्रकाशित     140 No Comments

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो।

उहाँलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिनुभएकाे हाे । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।

ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उहाँका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिनुभएकाे थियाे । त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार