काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् । नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन् ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन् । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।
नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ । सो खेल मलेसियाको बांगीमा हुनेछ । दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.