अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सुरु , बैठक स्ववियु निर्वाचन केन्द्रित हुने

डेली न्युजराप्ती       २५ माघ २०७९ १५:५० मा प्रकाशित     205 No Comments

अनिल केसी ।
माघ २५ , काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रित समितिको पाचौं पूर्ण बैंकक कमलादी काठमाडौमा संगठन का अध्यक्ष प्रकाश सीको अध्यक्षता र पार्टीका पोलिटब्यूरो सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यता सुरु भएको छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालयले गर्ने चैत्र ५ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी , चौथो पूर्ण बैठक देखि हाल सम्म गरिएका योजनागत उपलब्धि र कमजोरीहरुको समिक्षा , संगठनको आगामी राजनैतिक , बैचारिक , सांगठनिक काम बारे छलफल हुने बताइएको छ ।
यतिबेला संगठनको राजनीतिक प्रस्ताव प्रस्तुत पछि केन्द्रीय सदस्यहरु बाट रिपोर्टिङ सुरु भएको छ । हालसम्म ९ जना केन्द्रिय सदस्य हरुले रिपोर्ट राखिसकेका छ्न ।
बैठक आज भोलि २६ गते सम्म सुचारु हुने संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार