काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
मुल्यवृद्धिप्रति संगठनले गंभिर ध्यानाकर्षण भएको जनाउदै उक्त चर्को मुल्यवृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भष्टाचारी कर्मचारीहरू माथी कार्वाही गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) ले बढाइएको मुल्य नघटाएसम्मका लागी देशव्यापी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा समेत गरेको छ । मुल्यवृद्धि फिर्ता नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी पनि दिएको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको विज्ञप्तिको पूरा पाठ– हाम्रो गौरवशाली संगठन निरन्तर राष्ट्र, जनता र युवा विद्यार्थीहरूको पक्षमा आन्दोलनरत छ। यो विरासत आज पनि बलिदान सहित क्रान्तिकारी विद्यार्थीहरूले अगाडि बढाई रहेका छन् । देशमा दलाल संसदिय व्यवस्थाका कारण राष्ट्रघात, जनघात बढिरहेको र नेपाली जनताले दुःख पाउने प्रक्रिया निरन्तर छ । जसको पछिल्लो उदाहरण हो कार्तिक २१ मा नेपाली भूमि सुस्तामा भारतीय प्रहरीले गरेको हस्तक्षेप । यो प्रकारको हस्तक्षेप हुदाँ पनि सरकार मौन रहनु राज्यको गैह्र जिम्मेवार र दलालीको पराकास्टा हो ।
कुरा यतिमा टुंगिदैन यसैबीच राष्ट्रघाती एमसीसीबारे संयुक्त हस्ताक्षरको विवाद र संसदबाट पास गर्ने कुराहरू पनि बाहिर आइरहेका छन् । यी समाचारले नेपाली जनता आजित भैरहेकै बेला जनताको जनजीविकासँग जोडिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि पटक पटक गरिदाँ नेपाली जनताको जीवन थप कष्टकर बनिरहेको छ । यसैबीच फेरी २०७८ कार्तिक २४ गते पेट्रोलियम पदार्थमा रू. ३र३ प्रतिलिटर, एलपी ग्यासमा रू. ७५ र हवाई इन्धनमा रु. ५ प्रतिलिटर गरिएको मुल्यवृद्धिप्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ । यो चर्को मुल्यवृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भष्टाचारी कर्मचारीहरू माथी कार्वाही गरियोस् भन्ने माग राख्दछौं । बढाइएको मुल्य नघटाएसम्मका लागी देशव्यापी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दछौँ । मुल्यवृद्धि फिर्ता नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.