नेकपा(क्रान्तिकारी माओवादी) दाङद्वारा प्रशासन कार्यालयमा धर्ना

डेली न्युजराप्ती       ३ मंसिर २०७८ १८:५७ मा प्रकाशित     425 No Comments


कोपिला बन्जाडे,दाङ। नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) दाङले पेट्रोलियम पदार्थ तथा दैनिक खाद्यबस्तुको मुल्यबृद्धीका विरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिरले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धी अबिलम्ब फिर्ता गर्न जिल्ला प्रशासन मार्फत सरकारसंग माग गर्नुभएको थियो। कोभिड १९ बाट उत्पीडित जनतालाइ राहत दिनुको सट्टा सरकारले मुल्यबृद्धी गरेर जनताको ढाड सेकेको नेता समिरको भनाइ थियो।
यो सरकार जनताको नभइ दलालहरुको भएकाले उत्तरदायी हुन नसकेको नेता समिरको जिकिर थियो। नेता समिरले देशको सिमा मिचिदासम्म चुइक्क आवाज नउठाउने,एमसिसी जस्तो देशद्रोही,जनबिरोधी परियोजना संसदबाट पास गराउन खोज्ने सबै क्रियाकलापको मुल मर्म संसदीय व्यवस्था असफल भएको प्रमाणित भएको उद्घोष गर्नुभयो। नेपालमा देखिएका सबैखाले समस्याको समाधान जनगणतन्त्र स्थापनाको विकल्प नरहेको नेता समिरको जोड थियो।
धर्ना कार्यक्रमको संचालन नेकपा(क्रान्तिकारी माओवादी)दाङ जिल्ला सचिव नरेन्द्र बन्जाडेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार