अखिल (क्रान्तिकारी) द्वारा कसु समुहमा सामेल महासचिव मिलन,सचिव वीरेन्द्र र कोषाध्यक्ष रुपालाई निष्कासन

डेली न्युजराप्ती       १२ जेष्ठ २०७९ ०८:१० मा प्रकाशित     308 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगरलाई संगठनको जिम्मेवारीबाट निश्कासन गरिएको जनाएको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै उनीहरुलाई संगठनको जिम्मेवारीबाट निश्कासन गरिएको जनाएका हुन् ।
अध्यक्ष शाहीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “संगठनात्मक सिद्धान्त र निति विपरित संगठनका महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगरबाट संयुक्त विज्ञप्ति जारि गर्ने, संगठनात्मक विधि पद्धतिभन्दा बाहिर गएर गुटबन्दी गर्ने, फुटपरस्त गतिविधि र भेटघाट तथा संगठनभित्र दैनिक कामकाज व्यवस्थित गर्न बनाईएको आर्थिक विभागका नाममा पत्र जारी गर्दै काठमाडौ लगायत देशभर संगठनको नीति विपरीत आर्थिक गतिविधि गरेको पाईएकाले महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढामगरलाई संगठनको जिम्मेवारीबाट अनिश्चितकालका लागि निश्कासन गरिएको छ । “

बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार