थारु राष्ट्रिय मुक्ती मोर्चा नेपाल दाङको बैठक सम्पन्न

डेली न्युजराप्ती       ३ भाद्र २०७८ १६:४५ मा प्रकाशित     803 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट थारु राष्ट्रिय मुक्ती मोर्चा नेपाल दाङको सम्मेलन आयोजक समितिको प्रथम बैठक बिहिवार घोराहीमा सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो।बैठकले जिल्ला सम्मेलन गर्ने,पालिका स्तरमा भेला गर्ने,भेटघाट,छलफल/अन्तर्क्रीया गर्ने,थारु हकहित र अधिकार प्राप्तिका लागि संघर्ष गर्ने जस्ता महत्वपुर्ण निर्णय गरेको छ।
बैठकमा नेकपा दाङका सेक्रेटरी प्रदिपले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।पार्टीको कार्यनीतिक योजना र जिल्लाको समग्र सांगठनिक कामकारबाहीको बिसयमा महत्वपूर्ण मन्तव्य राख्दै सेक्रेटरी प्रदिपले एकीकृत जनक्रान्ती मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन जनमतसंग्रहको बाटोमा पार्टी दृढतापुर्वक अघि बढेको बताए।
जिल्ला सम्मेलन आयोजक समितीको प्रथम बैठकको संचालन तथा अध्यक्षता मोर्चाका जिल्ला संयोजक चुलुवा चौधरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार