संसदीय व्यवस्थामा युवाहरुको भविष्य छैन : इन्चार्ज प्रदिप

डेली न्युजराप्ती       ३० बैशाख २०८० २२:२९ मा प्रकाशित     150 No Comments

वैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले संसदीय व्यवस्थामा युवाहरुको भविष्य नभएको स्पष्ट पार्नुभएको छ ।
आज शनिबार तुलसीपुरमा आयोजित युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलनमा निर्देशनात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका नेता प्रदिपले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘संसदीय व्यवस्थाले युवाहरुको भविष्य डामाडोल बनाएको छ । युवाहरूलाई बिदेश पलायन बनाएर , राजनीतिक चेतनाबाट बिमुख बनाएर संसदीय व्यवस्थाले युवाहरूको भविष्य अन्धकार जस्तै वनाएको छ । युवाहरुले एकपटक आफ्नो भाग्य र भविष्यको फैसला आफैं गर्नका लागि एकीकृत जनक्रान्तिका मार्फत वैज्ञानिक समाजवादका लागि क्रान्तीमा होमिनुपर्ने बेला आएको छ ।’

नेता प्रदिपले युवाहरु नयाँ ढंगले अगाडि नबढे दलाल पुजीवादले अझै चरम शोषण गर्ने उद्घोष गर्नुभएको थियो ।
संसदीय व्यवस्थाको कारणले युवाहरु बेचिनुपर्ने बाध्यता छ , उहाँले थप्नुभयो ‘युवालाइ चुनावमा भोट बैंकको रुपमा प्रयोग गर्ने राज्यसत्तालाइ ढालेर वैज्ञानिक समाजवाद ल्याउनुपर्छ । देशको अर्थतन्त्र टाट पल्टिएको कारणपनि यहीँ व्यवस्था हो । समाजवादमा युवाहरुलाइ उत्पादनमा जोडेर देशलाइ समृद्ध बनाउनुपर्छ । वैज्ञानिक समाजवादमा युवाहरु बिदेश पलायन हुनुपर्दैन बरु यहीँ देशको माटोमा श्रम गर्न पाइन्छ । अनेक ठाउमा भविष्य खोज्दै भैतारिनु पर्दैन समाजवादमा त्यसैले युवाहरुको भविष्य समाजवादमा मात्रै छ । यो कुरा सबै परिवर्तनकामी युवाहरुले बेलैमा बुझे समाजवाद ल्याउन सकिन्छ ।’

नेता प्रदिपले क्रान्तिकारी युवाहरु जुझारु ढंगले एकीकृत हुँदै दलाल पुजीवादका विरुद्ध निर्णायक संघर्ष गर्न अपरिहार्य रहेको उद्घोष गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार