विश्वकपक २०२२ कतार: नकआउट चरणमा एसियाबाट तीन टिम

डेली न्युजराप्ती       १७ मंसिर २०७९ ०७:४८ मा प्रकाशित     123 No Comments

१७ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।

पहिलोपटक कतारमा आयोजना भएको विश्वकपमा यसपटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।

कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार