२७औ जनयुद्ध दिवस: नेकपा दाङद्वारा जनश्रमदान देखि बिबिध खेलकुद प्रतियोगिताको आयोजना

डेली न्युजराप्ती       ३ फाल्गुन २०७८ १०:४१ मा प्रकाशित     403 No Comments


घोराही, ३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिका १६ नं. वडा कमिटीले विभिन्न खेलकूद प्रतियोगिताको आयोजना गरि २७ औं जनयुद्ध दिवस मनाएको छ । कमिटीले सोमबार घोराहीको कपासीमा घैंटा फोड र कुर्सी दौड प्रतियोगिता कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य सम्झनाले महान जनयुद्ध दिवस एउटा ऐतिहासिक दिन भएको बताइन् । उनले नेपाली जनताको मुक्ति र राज्यव्यवस्था परिवर्तन गर्नका लागि शुरु गरिएको १० वर्षे जनयुद्ध आफैमा ऐतिहासिक दिन भएको बताउँदै नेतृत्वको बिचार बिचलनले गर्दा जनयुद्धका कार्यभार अझै पुरा नभएको र त्यही अधुरा कार्यभार पुरा गर्न पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत जनयुद्धका अधुरा कार्यभारहरु पुरा गर्ने उद्घोष गरिन् । सामाजिक हिसावले विभिन्न आस्था र बिचारमा भएतापनि सद्भाव तथा सहकार्यलाई सधै जीवन्त राख्दै अगाडि बढ्नुपर्ने र समाजमा यस्ता खेलकूदहरुले मानिसहरुमा अन्तरघुलित बनाउने समेत उनको भनाइ थियो ।

घैटा फोड प्रतियोगितामा ३७ जनाबीच भएको कडा प्रतिस्पर्धाबाट सदीप मल्लले प्रथम स्थान, प्रमिला शाहीले द्वितीय स्थान र पहलमान विकले तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै कुर्सी दौड प्रतियोगितामा २७ जनाबीच भएको कडा प्रतिस्पर्धाबाट ज्योति वि.क. प्रथम, नेतु केसी द्वितीय र शिवबहादुर विकले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
वडा कमिटीको आयोजनामा भएको खेलकूद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण समेत गरिएको थियो।

कार्यक्रममा घैटा फोड प्रतियोगिताका लागि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) घोराही उपमहानगर कमिटीले प्रायोजन गरेको थियो भने कुर्सी दौड प्रतियोगिताका लागि अखिल (क्रान्तिकारी) दाङले प्रायोजन गरेको थियो ।
कार्यक्रममा नेकपा विशेष कमिटीका सदस्य सम्झना, अखिल (क्रान्तिकारी)का कन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष अम्मर खड्का, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) घोराही उपमहानगर कमिटी संयोजक मनिसा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा घोराही १६ का सेक्रेटरी दिनेश नेपालीले गरिेका थिए।

यस्तै नेकपा दाङ जिल्ला अन्तर्गत गढवा गाउकमिटीले २७औ जनयुद्ध दिवसको अवसरमा जनश्रमदान गरेको छ। नेकपा गढवा गाउपालिका इन्चार्ज महान लगाएतका नेता-कार्यकर्ताहरुको उपस्थितिमा स्थानीयको घर ढलान कार्यमा श्रमदान गरिएको नेकपा गढवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार