तुलसीपुरका एक युवकद्वारा मेची – महाकाली उल्टो पैदल यात्रा गर्ने घोषणा

डेली न्युजराप्ती       १० माघ २०७८ ०८:२८ मा प्रकाशित     356 No Comments


लक्ष्मण विश्वकर्मा। तुलसीपुर,१० माघ । फरक कला भएका ऋषि परियारले उल्टो हिडेर मेची महाकाली पैदल यात्रा गर्ने तयारी गर्नुभएको छ । हातले टेकेर यस अघि विश्व रेकड(गिनिज बुक)मा नाम लेखाउन सफल हुनु भएका दाङ तुलसीपुर ३ रानागाउँ निवासी परियारले यहि माघ १५ गते देखी फेरी अर्को नयाँ अभियानको सुरुवात गर्न लागेको बताउनुभयो । सुल्टो पैदल यात्रा जसले पनि गर्न सक्ने भएकाले आफुले उल्टो पैदल यात्रा गर्न लागेको उहाले तुलसीपुर खबर संगको कुराकानीमा बताउनुभयो ।पुर्व मेचि देखि पश्चिम महाकाली सम्म उल्टो हिडेर पैदल यात्रा गर्ने अभियान सुरु गर्न लागेको उहाको भनाई छ । स्वास्थ्यका लागी मेचीमहाकाली उल्टो पैदल यात्रा उहाको नारा रहेको छ । उहाले उक्त यात्रा पुर्व मेचीको पुलबाट सुरुवात गर्ने तयारी गर्नुभएको छ ।
यसका लागी आफु माघ १० गते मेची प्रस्थान गर्ने जानकारी दिनुभयो । पुर्व मेचिको पुलबाट यात्रा सुरु गरी पश्चिम महाकाली सम्म झन्डै दुई महिनामा लक्ष्य पुरा गर्ने उहाको योजना रहेको छ ।माघ १५ गते शनिबारको दिन विहान यात्राको सुरभारम्भ गर्ने तयारी रहेको उहाले बताउनुभयो । उल्टो पैदल हिड्दाँ स्वास्थ्यलाई फाईदा हुने उहाले बताउनुभयो । आफुले गर्ने गतिविधिहरु नयाँ र रोचक हुने भएकाले यस पटक पैदल यात्रा गर्न लागीएको उहाले बताउनुभयो ।आफनो यो यात्राको उद्देश्य भनेको राष्ट्रको पहिचान चिनाउने भएको उहाले बताउनुभयो ।
देशको नाम चिनाउने उद्देश्यका साथ पुर्व मेचि देखि पश्चिम महाकालि सम्म उल्टो पैदल यात्राको लक्ष्य पुरा गर्ने उहाको भनाई छ । यसरी उल्टो हिडेर पैदल यात्रा कसरी सम्भव छ ? भन्ने प्रश्नमा उहाले प्रयास गरे जे पनि सम्भव हुने प्रतिक्रिया दिनुभयो ।मेहनत धेरै चाहिने भन्दै उहाले आफुले त्यो अभ्यास गरीरहेको बताउनुभयो ।पुर्व मेची देखी पश्चिम महाकाली सम्म झन्डै एघार सय किलोमिटर दुरी रहेको र आफुले यात्रा पुरा गर्ने उहाले बताउनुभयो । विगतमा हातले टेकेर दुई किलोमिटर दुरी यात्रा गरेको आधारमा सन् २०२० जनवरी ३१ मा विश्व रेकडका लागी कागजपत्र पेश गरेकोमा त्यसको ९ महिना पछि प्रमाण पत्र पाएको उहाले बताउनुभयो ।
त्यो दिन मेरो लागी खुशीको दिन हो उहाले भन्नुभयो, त्यतिबेला पनि धेरै संघर्ष गर्नुपरेको थियो ।यस पटक पनि संघर्ष धेरै गर्नुपर्नेछ । उतिबेला हातले टेकेर हिड्दा कतिपयलाई विश्वास लागेको थिएन । तर म सफल भए ।जुनसुकै नयाँ काम गर्दा समस्या र चुनौती धेरै आउछँ उहाले भन्नुभयो,तर निरन्तर लागी रहने हो भने एक दिन सफल भईन्छ ।आजभोलि मानिसहरु छोटो दुरीमा पनि सवारी साधनमा यात्रा गर्न चाहान्छन । आरामदायी जिवन विताउन चाहान्छन ।तर हिड्डुल गर्दा स्वास्थ्यलाई कति फाईदा गर्छ भन्ने कुरा हेक्का छैन ।
त्यसैले यसको सन्देश पनि दिनुछ । यो अभियानमा मैले यस पटक चमेरेगुफाको पनि प्रचार गर्ने योजना बनाएको छु,उहाले भन्नुभयो किनकी दाङ तुलसीपुरमा विश्वकै दोस्रो ठुलो प्राकृतिक गुफा भएपनि प्रचार र विकास हुन सकेको छैन । चमेरे गुफा संरक्षण समिति संग समन्वय गरी यात्राको क्रममा गुफा बारेमा प्रचा पमप्लेडहरु वितरण गर्ने सोच बनाएको उहाले बताउनुभयो । दिनभर हिड्ने क्रममा प्रमुख स्थानमा गुफाको प्रचाहरु वितरण गर्ने सोच बनाएको उहाले बताउनुभयो । दिनभर यात्रा सुरु गर्ने र जहाँ साँझ हुन्छ त्यहि बास बस्ने अनि विहान यात्रा सुरु गर्ने उहाको भनाई छ । साथै उहाले यो अभियानमा सहयोग गर्न आम संचार जगत लगाएत प्रशासन,सरोकारवालाहरुमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार