तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियारले बिशेष अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेको हो । सुर्खेतको बीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा बास्तबिक खर्च भन्दा बढि भुक्तानी गरेको भन्दै उनी विरुद्ध अख्तियारको कोहलपुर स्थित सम्पर्क कार्यालयमा मुद्दा दायर भएको थियो ।
सोहीका आधारमा खोजी गर्दा विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरि, खेस्रा नक्सा समेतको विपरीत हुने गरि तथा गुणस्तरहिन कामको पनि भुक्तानी दिएकाले उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.