माओवादीले सम्झियो मिना कुमारी दाहाललाई

डेली न्युजराप्ती       २४ जेष्ठ २०८३ १६:०८ मा प्रकाशित     201 No Comments

तुलसीपुर, जेठ २३ । नेकपा (माओवादी) तुलसीपुर नगर कमिटी सदस्य नवराज दाहालकी ममतामयी आमा मिना कुमारी दाहालको निधनको १३औँ दिनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुरमा आयोजित कार्यक्रममा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै वक्ताहरूले उहाँको योगदान, सरल जीवनशैली तथा परिवार र समाजप्रतिको समर्पणको स्मरण गरेका थिए।

कार्यक्रममा पार्टीका संगठनात्मक सम्मेलन आयोजक समितिका सदस्य बलबहादुर वली (शितल) तथा आयोजक समितिका सदस्य सविन पोख्रेललगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए।
उक्त कार्यक्रममा नेकपा (माओवादी) दाङ जिल्ला सेक्रेटरी तिलक योगी सहित पार्टीका विभिन्न तहका नेताकार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण नेकपा (माओवादी) तुलसीपुर नगर कमिटीका सेक्रेटरी रुद्रबहादुर वलीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले दिवंगत मिना कुमारी दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार