विप्लव नेतृत्वको नेकपाले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने

डेली न्युजराप्ती       २ पुष २०८१ ०९:५३ मा प्रकाशित     264 No Comments

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीले अगाडि सारेको विचार संश्लेषण गर्नका लागि विशेष महाधिवेशन गर्न लागेको हो ।

एकीकृत जनक्रान्तिको कार्यदिशा, प्रचण्ड र किरणसँग विद्रोह पश्चात विचारधारात्मक, संङ्घर्ष, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउन र सामाज्यवाद विरुद्ध प्रतिरोध तिब्र पार्ने उद्येश्यले नेकपाले विचार संश्लेषण गर्ने भएको छ ।

विचार संश्लेषणका लागि नेकपाले आगामी छ महिना वरपर विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख/इन्चार्ज अनिल सीले बताए ।

९औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकका निर्णयहरुलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिदै उनले विचार संश्लेषणमा केन्द्रीय समिति बैठकले जोड दिएको बताए ।

विप्लवको विचार संश्लेषणसँगै माओवादीहरू विचको एकता अझै अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार