थबाङबाट विप्लवको गर्जन-‘समाजवादका लागि अघि बढ्न सबै कम्युनिस्टहरु एकजुट बनौं’

डेली न्युजराप्ती       ९ मंसिर २०८० १६:१४ मा प्रकाशित     103 No Comments

प्रकाश डुम्रे

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादका लागि सबै कम्युनिस्ट एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन तथा जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले विगतका गल्तीहरु सच्चाएर सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका हुन । विप्लवले कम्युनिस्ट मात्रै होइन,यो देशलाई माया गर्ने लोकतान्त्रिक शक्तिहरु पनि समाजवादमा जान अगाडि बढ्नुपर्ने बताएका छन् ।

एक अर्को प्रसंगमा विप्लवले हिजो जनतालाई मुक्ति र न्यायका लागि जनयुद्ध एवम् कम्युनिस्ट व्यवस्था ठिक भन्दै युद्धमा बन्दुक बोकाउने बाबुराम भट्टराईले शान्ति प्रक्रियामा आई प्रधानमन्त्री भएपछि जनयुद्ध र कम्युनिस्ट प्रणालीनै गलत भएको टिप्पणी गर्नु अराजनीतिक भएको टिप्पणी समेत गरेका छन् ।विप्लवले प्रचण्ड बाबुरामको गद्वारीले ८० प्रतिशत जितेको जनसत्ता गुमेको आर‍ोप समेत लगाए । हिजो जनयुद्धमा जनताले हामीलाई के भनेर साथ दिएका थिए । आज जनतालाई आगनमा अलपत्र पारेर कुर्सीका मरिहत्ते मात्रै गर्ने माओवादी क्रान्तिकारी हुन नसक्ने ठोकुवा गरे । एक प्रसंगमा विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी समेत दिएका छन् ।

महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड बाबुराम लगायतका नेताहरूले नबुझेको समेत बताए । विप्लवले भने चुनबाङ बैठक पछि काठमाडौ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्य सहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको तर्क समेत गरे ।सच्चा एवम् ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे तर कतिपयले प्रधानमन्त्री,मन्त्री,सांसद बनेर सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरे ।

विप्लवले भने- हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ ।हिजो जनयुद्ध लडेको माओवादी क्रान्तिकारी सकियो भन्ने कतिपयलाई लागेको होला,त्यो भ्रम हो,माओवादी सकिएको छैन्-विप्लवले भने- माओवादी जनयुद्धलाई जबर्जस्त अपराधीकरण गराउने र नेताहरूलाई जेल कोच्ने षड्यन्त्र भईरहेको भन्दै विप्लवले ती तानाबाना एक धक्कामा भत्काउने चेतावनी समेत दिएका छन् । केही माओवादी नेताहरू बदनाम भए होलान् ,गलत गरे होलान्,यहाँ २/४ जना नेताहरूको कमजोरीलाई देखाएर सबै माओवादी गलत हुन,धन कमाउन लागे भनेर बदनाम गर्न खोजिएको छ । यस्तै होइन हामी ईमानदारी पुर्वक जनताका विचमा छौँ विप्लव भने- ।

विप्लवले पछिल्लो समय देशमा केही अवसरवादी लुटेराहरु सल्बलाएका बताएका छन् । पुराना भुत प्रेत जाग्नु एकैछिनको नाटक हो । यो प्रतिगामी षड्यन्त्र धेरै दिन नटिक्ने भन्दै यसको जमेर प्रतिबाद गर्ने उद्घोष गरे । थबाङका जनताका अगाडि आएर भन्दैछु जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदैछ् छ । जनयुद्धका मुल्य,मान्यता र मर्म दायाँबायाँ हुन नदिने समेत दाबी गरे । विप्लवले यसो भनिरहदा थबाङबासीले गडगडाहट् ताली बजाएर समर्थन जनाईरहेका थिए । विप्लवले अनावश्यक षड्यन्त्रका सपना नदेखे हुन्छ भन्दै मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन् ।

हिजो जनयुद्ध लडेका क्रान्तिकारी हरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै विप्लवले बाच्नु मात्रै होइन सामाजिक अस्तित्व सहित बाच्न सक्नु मात्रै जीवन भएको टिप्पणी गरे ।विप्लवले नेपाली जनतालाई हामीले चिनेका छौँ ,नेपालको ढुङ्गा माटो हामीले बुझेका छौँ, यहाँ कतिपयले विदेशी डलरका पछि लागेर कम्युनिस्ट क्रान्तिकारी माओवादीलाई बदनाम गर्न खोजेको भन्दै यस्तो चलखेल स्विकार्न नसकिने बताए । हामीलाई तमाम जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी चाहिएको छ । एकैछिन युट्वर र फेशबुकमा हल्ला गरेर लोकप्रियताको नाममा भित्रिएको विदेशी षड्यन्त्र टुलुटुलु हेरेर नबस्ने दाबी समेत गरे ।

विप्लवले जनयुद्धलाई स्मरण गर्दै भने हामीले खारालाई बिर्सन हुदैन,बेनीलाई बिसर्नु हुदैन । हिजो जनयुद्धमा त्याग र बलिदान गरेका दिदिबहिनी र दाजुभाइहरु, किसानहरुलाई बिर्सन हुदैन । श्रमिक मजदुरलाई बिर्सन हुदैन । हिजो अफ्ट्यारोमा नेताहरूलाई बचाउने जनतााई भुलेर काठमाडौंमा मोजमस्ती गरेर धन-दौलत जोड्ने काममा क्रान्तिकारीहरु लाग्न हुदैन । विप्लवले हिजो जनयुद्धमा आफ्नो घरको निजी सम्पत्ति पार्टीमा बुझाएर माओवादीमा लाग्ने जनतालाई भुलेर सम्पत्तिको पछि दगुरेर आफ्नो आदर्श दुषित पार्न नहुने बताए । आफ्ना छोराछोरीलाई टिका लगाएर जनयुद्धमा पठाउने जनतालाई धोका दिन नसकिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।विप्लवले कतिपय माओवादी नेताहरू काङ्ग्रेस एमाले भन्दा पनि तल झरेर जनता बिर्सेको आरोप समेत लगाए ।विप्लवले पार्टी विभाजनको प्रसंग जोड्दै भने प्रचण्ड बाबुरामलाई हामीले जनयुद्धमा जनता संग गरेको बाचा र प्रतिबद्धताको मर्म अनुसार हिड्न अनुरोध गर्दा नहिडेपछी पार्टी नयाँ बनाएको बताए ।हामीले प्रचण्ड बाबुरामलाई भनेका थियौ-हामी गलत बाटो हिड्दा दलालहरुले जित्छन् ,भारतले जित्छ् । अमेरिकाले जित्छ । तसर्थ देश र जनताले जित्ने तथा जिताउने ढंगबाट लागौं भन्दा नमानेपछि हालको परिस्थिति आएको विप्लवको ठोकुवा थियोे ।महासचिव विप्लवले भने- दुखका साथ भन्नुपर्छ,जनताको चाहना पार्टी नफुटोस् भन्ने थियोे । तर प्रचण्ड बाबुरामको बाटोले नराम्रो संग हार्नुपर्छ भन्ने बुझेपछि नयाँ पार्टी बनाएर यहाँ सम्म आयौं उनलेे भने- ।विप्लवले नेपाली जनतालाई धोका र गद्दारी हुने काम नगर्ने बताउदै पार्टी स्थापना दिवसको अवसरमाविद्रोह गरेर नयाँ पार्टी स्थापना गरेकोमा खुसियाली समेत व्यक्त गरे ।हिजो एउटा कालखण्डमा काङ्ग्रेस एमालेले पनि दुख गरे,माओवादी नेता साथीहरूले पनि दुख गरे तर दुख गरेका हौँ भनेर ब्याज खान पाईदैन्,विप्लव भने-।विप्लवले पार्टी स्थापना दिवसको अवसरमा देशभर उत्सव र सभा एवम् खुसियाली चलिरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाउदै लैजाने बताए ।०३८ साललाई सम्झिदै विप्लवले थबाङ जेलनेल खेप्दै आएको छ । हिजोको पाका कम्युनिस्ट नेताहरूलाई स्मरण र सम्मान गर्दै कम्युनिस्टहरुको दिवस मनाउँदै जाने समेत बताए ।विप्लवले भने हाम्रो पार्टीको मात्रै होइन नौलो जनवादी व्यवस्था चाहानेहरु यो उत्सवमा खुसी हुन पर्छ । विप्लवले पछिल्लो समय नेपाली जनतामा निराशा आएको भन्दै निराशाका बादल विस्तारै हट्दै जाने बताए । निराशा छाएको छ, सधैं यस्तो हुदैन उनलेे भने । नेपाल श्रमिक जनताहरुको हो, दलालहरुको होइन,प्रगतिशील जनपक्षीय शक्तिहरुको हो, प्रतिगामी र षड्यन्त्रकारीहरुको होइन भन्दै नेपालमा राजतन्त्र फर्किन्छ् भन्नू हास्यास्पद भएको बताए । दुर्गा प्रसाईंको आन्दोलनलाई संकेत गर्दै विप्लवले नौटंकी र चटक भएको बताए ।विप्लवले ०६४ सालको प्रसंग उल्लेख गर्दै भने हामीले सबै माओवादी नेताहरू सरकारमा नजाउ, संसदमा नजाउ भनेका थियौ तर केही अवसरबादीहरु सत्ताका लागि मरिहत्ते गर्दै दगुरेको बताए । एउटा क्रान्तिकारी योद्धाका लागि जहा रहेपनि जनताको सेवा रहेको भन्दै विप्लवले आफूले निरन्तर पार्टी सत्ता मार्फत देश जनताको सेवा गरेको बताए ।विप्लवले पार्टी सत्ता एवम् राज्य सत्ता मोजमस्ती र धन कमाउने ठाउँ नभएको दाबी समेत गरे । हिजो जनयुद्धमा तत्कालीन शाही सेनाले खाल्डो खनेर पुर्न लाग्दा समेत गौरवका साथ जनयुद्ध जिन्दावाद भन्ने योद्धालाई कसले सम्झने हो ?जनताको त्याग तथा तपस्यालाई सम्झिन नसक्नेहरुले जनताको नेतृत्व गर्न नसक्ने भन्दै जनताको आगनमा ढेडो खाने माओवादी नेताहरू मोजमस्ती र धन सम्पत्ति कमाउने काममा तल्लीन भएकोले जनयुद्ध प्रति गलत टिप्पणी भएको जिकिर गरे । ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईं लाई लछित गर्दै विप्लवले राजतन्त्र फर्काउछु भन्ने दिवा सपना नदेख्न साथै सामान्तका चाटुकारहरुलाई राजतन्त्र बोकेर नहिड्न चेतावनी समेत दिएका छन् ।रवी लामिछाने प्रति संकेत गर्दै विप्लवले थबाङ सम्म आएर जनताको मन छाम्ने कोशिश गरेका दलालहरुलाई नेपाली जनताको जीवन बारे केही थाहा नभएको टिप्पणी गरे ।

विप्लवले संसदीय व्यवस्था अब नेपालमा चल्नै नसक्ने भन्दै प्रचण्डहरुले आफ्नो गल्ती स्विकार्नु पर्ने बताए । विप्लवले भने संसदीय व्यवस्था भित्र तथा दलालहरुको व्यवस्था भित्र मन्त्री सांसद नबन्ने भन्दै नेपालमा कम्युनिस्टहरु मिल्ने बेला भएको बताए । केपी वली,मोहनविक्रमहरु साथै काङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद चाहेको हो भने आउनुस् नयाँ ढंगले बहस सुरु गरौँ,विप्लवले भने ।रोल्पा सहिद मार्गको योजना हाम्रो हो । जनयुद्धमा देशभरका कमरेडहरुले खनेर बनाउन सुरु गरेको बाटो हो,अहिले सरकारको बजेट हालेर केही मान्छे मोटाउने मात्रै भएको छ काम सम्पन्न भएको छैन् ।जनयुद्ध भईरहेको भएपनि ०६५ सालसम्म सडक जोडेर व्यवस्थित हुन्थ्यो अहिले अलपत्र पारिएको छ-विप्लवको भनाइ थियोे ।

विप्लवले जनयुद्धमा आधार क्षेत्रमा बिस्कुट चाउचाउ आउन बन्द भएको बताउदै नमकिन,भटमास मकैको नास्ता स्थापित भएको बताए । जनयुद्धमा २३ वटा जनवादी स्कुल चलाएका थियौं,सहकारी चलाएका थियौ । कम्युन,सहकारी,मिलीसिया एक चुड्कीमा बिघटन गरेर षड्यन्त्र गरिएको विप्लवको आरोप थियोे । विप्लवले जनमुक्ति सेनाको अर्बौंको पैसा जनतालाई बाढ्नु पर्ने समेत बताए ।फरक प्रसंगमा विप्लवले मध्यपहाडी राजमार्ग थबाङबाट लैजानुपर्छ भनेर भन्दा अटेरी गरेर थबाङलाई बाईपास गरिएको समेत बताए । मध्यपहाडी राजमार्ग खनेको गैटीबेल्चा बेचेर खानेहरु जनताका प्रतिनिधि हुन नसक्ने बताए ।विप्लवले भने जुनसुकै मुल्य गुमाएर भएपनि नेपाललाई डुब्न नदिने भन्दै जनमतसंग्रह गरेर भएपनि देशलाई दलाल पुजीवादबाट समाजवादमा लैजाने अठोट व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार