नेपाली सेनाका पुर्वजनरल बस्न्यात एमसिसी विरुद्ध बिप्लवको पक्षमा खम्बा झै उभिए!

डेली न्युजराप्ती       १२ भाद्र २०८० ०६:३७ मा प्रकाशित     211 No Comments

काठमाडाैँ: नेपाली सेनाका पूर्व जनरल डाक्टर प्रेमसिंह बस्न्यातले एमसीसी पास गर्ने र कार्यान्वयन गर्नेहरुलाई टुडिखेलमा सजाय दिनु पर्ने बताएका छन् ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वजनरल बस्न्यातले यस्तो बताएका हुन् ।
उनले नेपालमा चार जना नेता अंग्रेज भएर आएकाले नेपाल अमेरिकी कब्जामा दिन खोजेको आरोप लगाए । उनले भने, “पूर्वबाट केपी ओली, रौतहतबाट माधव नेपाल, पाल्पा क्षेत्रबाट प्रचण्ड र पश्चिमबाट शेरबहादुर जस्ता अमेरिकी अंग्रेजहरुले नेपाललाई अमेरिकाको हातमा नेपाललाई दिन खोजेका छन् । यी पात्रहरुले नेपाल खान आउँदैछन् । यी चार पाँच जना नेपालको लागि सत्रु हुन् ।”

पूर्व जनरल बस्न्यातले विभिन्न बहानामा चीनलाई घेरा हाल्न र नेपाललाई युक्रेन र ताईवान बनाउन एमसीसी आएको बताए ।

उनले राष्ट्रिय एकताको लागि एमसीसी खतरा भएको र यो आवश्यक नभएको बताए ।

उनले भने, “म कुनै पार्टीको होइन तर म यो देशको हो । म माटोको लागि दुई थोपा रगत चढाउन तयार छु ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार