नेकपा घोराही उपमहानगर कमिटीको सातौं पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       २ बैशाख २०७९ १६:२४ मा प्रकाशित     331 No Comments


कोपिला बन्जाडे।
बैशाख २,घोराही।नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको ७ औँ पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकले पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक र नेकपा दाङको ऐतिहासिक सातौं पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी निर्मलको अध्यक्षतामा, नेकपाका केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा बिशेष कमिटीका सेक्रेटरी सुन्दर,बिशेष कमिटी सदस्य द्वय सम्झना र बिक्रम,पार्टीका जिल्ला सेक्रेटरी प्रदीपको विशेष उपस्थिति, नेकपा तुलसीपुर उपमहानगर कमिटी इन्चार्ज बिकाश,नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोध,नेकपा राप्ती गाउपालिका इन्चार्ज बिजय,नेकपा राजपुर गाउपालिका इन्चार्ज उज्वल,नेकपा गढवा गाउपालिका इन्चार्ज महान,नेकपा शान्तिनगर गाउपालिका इन्चार्ज मनोज लगाएतको उपस्थितिमा सातौं पुर्ण बैठक सम्पन्न भएको हो।

बैठकले गरेका निर्णयहरु यस प्रकारका छन्:
१) एमसिसिको विरुद्धमा जनसभा,टोल सभा,पेटि सभा मार्फत भण्डाफोर गर्ने।
२)पालीका स्तरमा एमसिसी,राष्ट्रघात, जनघात र महङ्गी विरुद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने।
३)भ्रष्टाचार, कमिसन र समाजिक उत्पीडन विरुद्ध स्थानीय स्तरमा जनसंघर्ष चलाउने।
४)जिल्लामा केन्द्रले तय गरेका राष्ट्रघाती mcc विरुद्धको कार्यक्रममा सहभागिता जनाउने।
५) पालिका कमिटी, वडा कमिटी, टोल कमिटी र जनतासँग वर्तमान कार्यनीतिको विषयमा प्रशिक्षण गर्ने।
६) जबस/मोर्चाको पालिका तथा जिल्ला कमिटीको भेला सम्मेलन गर्ने।
७) स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने,
८)क्रान्तिकारी ध्रुवीकरणलाई स्थानीयस्तरमा जोड दिने,
९) पार्टीको वडा कमिटी र टोल कमिटीलाई सुदृढ गर्ने र जवस/मोर्चाका पालिका कमिटि सुदृढ गर्ने।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार