तुलसीपुरमा वर्तमान परिस्थिति र नेपाली बिशेषताको समाजवाद विषयक अन्तरक्रिया हुँदै

डेली न्युजराप्ती       २७ माघ २०८० ०८:५२ मा प्रकाशित     131 No Comments

हेमन्त प्रकाश ओली ।

माघ २७ , तुलसीपुर । आज तुलसीपुरमा वर्तमान परिस्थिति र नेपाली बिशेषताको समाजवाद विषयक अन्तरक्रिया हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर कमिटीको आयोजनामा  तुलसीपुरको भुह्यारथानमा १२ बजेदेखी अन्तरक्रिया कार्यक्रम सुरु हुने नेकपाका तुलसीपुर इन्चार्ज भुवन सीले जानकारी दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सबै कृयासिल राजनीतिक दल , संघ/संस्था , बुद्दिजिवी , कानुन व्यवसायी , शिक्षाप्रेमी , देशभक्त , बामपंथी , प्रगतिशील , सच्चा लोकतन्त्रवादी शक्ति तथा व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ता नेकपाका पिबिएम एटम सी रहेको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार