नगर प्रमुख पाण्डेद्वारा माघी पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त

डेली न्युजराप्ती       १ माघ २०७८ ०८:१७ मा प्रकाशित     305 No Comments


तुलसीपुर, माघ १। तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले थारु समुदायको महान् चाड माघी पर्वका अवसरमा सम्पूर्ण नगरबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
थारु समुदाय सहित अन्य समुदायले समेत माघे संक्रान्ति पर्वलाई विशेष हर्ष र उल्लासका साथ मनाउने भएकाले यसको महत्व झनै बढेर गएको बताउँदै कोरोना संक्रमणको जोखिम पनि बढेकाले विशेष सावधानी र सजगकताका साथ मनाउन नगर प्रमुख पाण्डेले सबैलाई आग्रह गर्नुभएको छ ।
यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै नगर प्रमुख पाण्डेले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर माघी पर्व मनाउन नगरबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार