भारतको सिम्लामा पहिरोमा पुरिएर रुकुम पश्चिमका एकै परिवारका ३ जनाको मृत्यु!

डेली न्युजराप्ती       २६ असार २०८० ०७:११ मा प्रकाशित     127 No Comments

रूकुम पश्चिम । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ ।

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

वडाध्यक्ष हरिबहादुर खड्काका अनुसार सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो ।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार