विप्लवका युवा नेता पदम सीले खेतबारीमै मनाए जन्मदिन

डेली न्युजराप्ती       ११ श्रावण २०८१ ०६:३३ मा प्रकाशित     268 No Comments

श्रावण ११ , दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका युवा नेता पदम सीले खेतबारीमै आफ्नो जन्मदिन मनाएका छन् ।
बिहिवार घोराही स्थित पार्टीले सञ्चालन गरिरहेको सी बहुउद्देशिय कृषि फर्ममा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

उनि हाल पार्टी निकट युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज समेत हुन् ।

नेता पदमले पार्टीले अनुशरण गर्दै आएको सी संस्कृति अनुसार नै जन्मदिन मनाएको बताएका छन् ।

हामिले यतिबेला श्रममा छौँ , खेतबारीमा छौँ त्यसैले यहीँ जन्मदिन मनाएका हौं ।’ उनले भने, ‘जन्मिनु र मर्नु स्वाभाविक प्राकृतिक प्रक्रियाहरु हुन् तर जन्मिएर के काम गर्ने त्यो मुख्य कुरा हो जस्तो लाग्छ । म अहोरात्र देश र जनताका निम्ति लडिरहेको छु । मेरो जन्म देशका लागि भएको हो भन्ने ठान्दछु । यो खेतिपातीको समय पनि भएर होला सबै कमरेडहरुको सल्लाह अनुसार नयाँ संस्कृती अनुशरण गर्दै धेरै तडकभडक बिना जन्मदिन मनाइयो , यहीँ देश र जनताप्रती निरन्तर वफादार रहने प्रतिबद्धता समेत गरेको छु ।’

नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्र इन्चार्ज पाटन सी ,पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराहीका इन्चार्ज विकाश सी , पार्टी निकट जवस/मोर्चा सम्बद्ध युवा , बिद्यार्थी , महिला सङगठनका केन्द्रीय एवम जिल्लाका नेताकार्यकर्ताहरुले नेता पदमलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार