नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीलाई पितृशोक,दाङ पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       ७ माघ २०८१ १३:३१ मा प्रकाशित     465 No Comments

माघ ७,दाङ ।
हेमन्तप्रकाश वली ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीलाई पितृशोक परेको छ ।
सोमबार नेता जनक सीका बुवा बल बहादुर कामीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको हो ।

दम रोगबाट ग्रसित भएका बुवा बल बहादुर कामीको उपचारको क्रममा आज सोमबार बिहान ३ बजेतिर ७४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँका ३ छोरा र ३ छोरीहरु छन्।

शान्तिनगर – ३ भलानेटीमा बस्दै आउनुभएका बल बहादुर कृषि गरेर जीवन निर्वाह गर्ने गर्नुहुन्थ्यो । कृषिबाटै उहाँले आफ्नो परिवारको व्यवस्थापन गर्नुभएको थियो । उहाँ नेकपाको पार्टी सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका नेता जनक सीका बुवाको निधनले सिंगो पार्टी स्तब्ध एवम मर्माहत भएको बताएको छ ।
आज बिहानैदेखी पार्टीका केन्द्रीय सदस्यहरु , केन्द्रीय प्रतिनिधि सदस्यहरु एवम सिंगो जिल्ला समिति लगाएतका सम्पुर्ण नेताकार्यकर्ताहरुले मृतकप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

यस्तै नेता जनक सीका आदरणीय बुवा बल बहादुर कामीको वस्तीखोला घाटमा नेकपाले अवलम्बन गरेको नयाँ संस्कृति ‘सी संस्कृति’ अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिएको छ।

मृतकको शवमा कम्युनिस्ट पार्टीको झण्डा ओडाएर अन्त्येष्टि गरिएको हो ।

दिवंगत बल बहादुर कामीप्रती श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले मृतक कामीले जनयुद्धदेखि एकीकृत जनक्रान्तीसम्म पार्टीलाई उच्च योगदान गरेको भन्दै सम्मान व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘उहाँ हाम्रो पार्टीको इमानदार कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले दस वर्षको जनयुद्धदेखि पछिल्लो एकीकृत जनक्रान्तिमा पार्टीलाई अतुलनीय योगदान पुर्याउनुभएको हो । उहाँ कम्युनिस्ट आन्दोलनमा एक निष्ठावान एवम प्रतिवद्ध कार्यकर्ता हुनुहुन्थ्यो जसको निधनले सिंगो पार्टीलाई क्षती पुगेको छ । हाम्रो पार्टी मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं । पार्टीले अनुसरण गरिरहेको सी संस्कृति अनुसार मृत्यु संस्कार अवलम्बन गरेकोप्रती पार्टी उहाँको परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्दछ ।’

श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार