नेकपा पश्चिम दाङले भुकम्प पीडितका लागि पार्टीको राहातकोषमा २१ हजार रकम हस्तान्तरण

डेली न्युजराप्ती       २८ कार्तिक २०८० ०६:३७ मा प्रकाशित     124 No Comments

कार्तिक २८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला समितीले भुकम्प पिडितका लागि पार्टीको राहातकोषमा रकम जम्मा गरेको छ ।

सोमबार रिपोर्टस क्लब दाङ तुलसीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले पार्टीका महासचिव विप्लव सीलाइ २१ हजार १ सय रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम पार्टीपंक्ति बाट संकलन गरिएको नेकपाले जनाएको छ । साथै नेकपा पश्चिम दाङले यसअघि नै भुकम्प प्रभावित क्षेत्रमा लाखौं बराबरको भौतिक राहात सामाग्री हस्तान्तरण गरिसकेको छ ।

गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पिडीत भएका जाजरकोट,रुकुम पश्चिम र सल्यान जिल्लाका भुकम्पपिडितको राहत वितरण, प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण र विपत्तिमा परेका जनतासंग भेटघाटका लागि महासचिव विप्लव एवम् पार्टीका प्रवक्ता प्रकाण्ड सी भुकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा जन भेटघाट कार्य सम्पन्न गरि सोमबार तुलसीपुरमा पत्रकार भेटघाट गरि पार्टीको केन्द्रीय कार्यालय कपिलबस्तु फर्किएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार