जनपत्रकार संगठन नेपालको उपाध्यक्ष चौधरीलाई मातृशोक , संगठनले जारी गर्यो शोक वक्तव्य

डेली न्युजराप्ती       ३२ असार २०८२ १४:४१ मा प्रकाशित     638 No Comments

हेमन्तप्रकाश वली ।
असार ३१,तुलसीपुर ।
जनपक्षीय पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपालको उपाध्यक्ष जानकी चौधरीलाई मातृशोक परेको छ ।
उपाध्यक्ष चौधरीकि ममतामयी आमा झुपी चौधरीको हिजो बेलुका ७ बजे दुखद निधन भएको हो ।

दाङको तुलसीपुर-८ कटकुँइया स्थित आँफ्नै निवासमा आमा झुपी चौधरीको ८१ वर्षको उमेरमा दुखद निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यस्तै जनपत्रकार संगठन नेपालले संगठनका उपाध्यक्ष जानकी चौधरीको ममतमायी आमाको दुखद निधनप्रति दुख व्यक्त गरेको छ ।

मंगलबार संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्माले एक शोक वक्तव्य जारी गर्दै आमा झुपी चौधरीप्रति संगठनको केन्द्रीय समितिको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साथै वक्तव्यमा दुखद क्षणमा उपाध्यक्ष जानकी सहित परिवार एवम आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

शोक वक्तव्यमा थप भनिएको छ – ‘दुखको यस क्षणमा धैर्यधारण गर्दै शोकलाई शक्तिमा बदल्न र उहाँले सामाजिक राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण तथा सम्मान गर्दै हाम्रो आगामी यात्रामा थप प्रतिबद्ध भएर अगाडि बढ्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’

शोक वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार