दाङका प्रहरी प्रमुख वलीको सरूवा,नयाँ प्रमुखमा रूपन्देहीबाट केसी आउदै

डेली न्युजराप्ती       १६ भाद्र २०८० ०८:२१ मा प्रकाशित     504 No Comments

दाङ,१६ भदाै । दाङ जिल्ला प्रहरी प्रमुख एसपि विरबहादुर वलीकाे सरूवा भएकाे छ।
वलीकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानबश्राेत ब्यवस्थापन महाशाखा दाङमा सरूवा भएकाे हाे ।

साे स्थानमा कार्यरत प्रहरी उपरीक्षक नवरत्न पाैडेल काे कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा सरूवा भएपछि वलीलाई साे स्थानमा सरूवा गरीएकाे छ।

वलिसहित नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना प्रहरी उपरीक्षकहरूकाे विभिन्न स्थानमा सरूवा गरेकाे छ।

यसैविच दाङ जिल्लाकाे नयाँ एसपिका रूपमा राम बहादुर केसी आउने भएका छन ।

रूपन्देहीबाट सरूवा भई आउन लागेका केसीले अब दाङ जिल्लाकाे सुरक्षा सम्हाल्नेछन ।

केसी गाैतमबुद्ध अन्तरास्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तरास्ट्रिय टर्मिनल भैरहवाबाट सरूवा भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार