सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण सुरु

डेली न्युजराप्ती       ८ श्रावण २०७९ १५:०८ मा प्रकाशित     196 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट सामना सांस्कृतिक परिवारले सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण कार्यक्रम सुरु गरेकाे छ ।

शनिबार ललितपुरको हात्तीवनमा देशैभरिबाट विभिन्न विधाका कलाकारहरूको उपस्थितिमा नृत्य, गायन, वाद्यवादन र नाट्य लगाएतका विधामा प्रसिक्षण शुरू भएको हाे ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धकालमा क्रान्ति अगाडि बढाउन कलाकारले खेलेको भूमिकाको स्मरण गर्दै वर्तमान समयमा अझ नयाँ ढंगले अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता विकास गर्ने र अगामी सांस्कृतिक आन्दोलन थप प्रभवकारी हुने विश्वास समेत व्यक्त गर्नुभयाे ।

प्रशिक्षण कार्यक्रममा अखिल नेपाल संस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष एवम् नेकपाका केन्द्रिय सदस्य माइला लामा, नेकपाका केन्द्रिय सदस्य आदर्श लगाएतकाे आतिथ्य रहेकाे थियो ।

१५ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमको सामना सांस्कृतिक परिवारका संयोजक आरोहकाे अध्यक्षतामा रहेको थियो भने कार्यक्रमको सञ्चालन नहकुल क्षेत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार