तीन बुदे सहमती लागू नगरे विप्लवसहित ४ कम्युनिस्ट पार्टीले शसक्त प्रतिरोध गर्ने

डेली न्युजराप्ती       १८ श्रावण २०७९ १८:५८ मा प्रकाशित     1025 No Comments

हाम्रो सहकार्यलाई पार्टी एकतामा बदल्छौ: चार कम्युनिस्ट पार्टी
काठमाडौं
। क्रान्तिकारी कम्युनिस्टहरु विचको पार्टी एकताको लक्ष्य सहित गठन भएको रणनैतिक संयुक्त मोर्चामा आवद्ध चार पार्टीहरुले,एमसिसी, एसपिपी,महङ्गी र नेकपासंग भएको तीन वुदे सहमतिलाई कार्यान्वयनका लागि जनसङ्घर्स गर्दै चार पार्टी विचको सहकार्यलाई पार्टी एकतामा बदल्ने उदघोस गरेका छन। काठमाडौ स्थिति प्रज्ञा भवनमा चार पार्टीद्वारा बुधबार आयोजित “एमसिसी, एसपिपी, चर्को महङ्गी र नेकपासंगको तीन बुदे सहमति विषयक” सयुक्त अन्तर्कृया कार्यक्रममा चार पार्टीको तर्फबाट मन्तव्य राख्ने वक्ताहरूले यस्तो बताएका हुन।

मुलुकमा बढ्दै गएको महङ्गी, भ्रस्टाचार र विदेशी हस्तक्षेप विरुद्ध र जनजिविकाको सवालमा सडक संघर्ष गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी सम्मीलित रणनैतिक मोर्चाले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर( विषम)ले भने,”हामी चार दल पुर्व सहकार्यलाइ निरन्तरता दिदै यो सहकार्यलाई एकतामा बदल्ने उद्देश्य सहित अगाडि जादैछौ। साझा वर्गदुश्मन विरुद्द , दलाल पुजीवादी राज्यसता विरुद्ध क्रान्तिकारीहरु गोलबन्द हुनु अहिलेको आबश्यकता हो। तर यो विचमा क्रान्तिकारीहरु बिच टुटफुट र विभाजन त भैरहेकै थियो तर रणनैतिक मोर्चामा रहेको एक दल पनि अलग हुन पुगेको छ , निश्चिय नै यसले राम्रो सन्देश दिएको छैन।”

अहिलेको पुजिवाद्को चरित्र र समाजवादी आन्दोलनको चरित्रबारे व्याख्या गर्दै फेरि सचिवालय सदस्य बुढाले भने -” अहिलेको बिश्वमा पुजिवाद र समाजवादी दुई प्रणाली र दुई वर्ग विचको लडाई भइरहेको छ। पुजिवादले तेस्रो विश्वका उत्पीडित देशहरुको अर्थतन्त्र लुट्न हिजोको भन्दा फरक शैलिको विकास गरेको छ। उसले मार्क्सवादी र पुजीवादी द्वैत दर्शनको प्रयोग गरिरहेको छ। उनिहरुको दर्शन भनेको एकता संघर्स र फेरि भागवण्डामा एकता गर्ने दर्शन बन्न गएको छ। अहिलेको विश्वमा कम्युनिस्ट व्यवस्था रक्षात्मक जस्तो देखिएको भएपनि चीन , क्युवा , कोरिया लगायतका समाजवादी देशहरुलाई अमेरिकाले चुनौतिको रुपमा लिएको छ। यस चुनौतीलाई सामना गर्न सबभन्दा पहिला चिनलाई टुक्राउने उसको योजना छ र त्यसैका लागि नेपालमा एमसिसी,एसपिपी कार्यान्वयन गर्न खोजियो।एशिया र विशेषत दक्षिण एशियामा प्रभाव जमाउन तथा चिनलाई घेरा हाल्न एमसिसी र एसपिपी ल्याइएको हो।यसको फेरिपनी मुख्य उद्देश्य समाजबाद र कम्युनिस्टहरुलाई दमन गर्ने नै हो।”

मन्तव्यका क्रममा नेता विषमले भने-” डोनाल्ड लु नेपालमा आउनु र यहाका दलालहरुले हाम्रा विरुद्ध पक्राउ पुर्जी जारी गर्नु भनेको बाघ कराउनु र बाख्रो हराउनुको संयोग जुर्नु जस्तै हो।यदि तीन वुदे सहमतीलाई कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बिचबाट शसक्त प्रतिरोध गरिने छ।”

अन्तर्कृया कार्यक्रममा मुलुकको समसामयिक राजनीति र आर्थिक संकट र तीन बुदेको कार्यान्वयन हुनु पर्ने भन्दै ,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष आर वि भण्डारीले भने,”जनतालाई उल्लु बनाउनका लागि एमसिसी पास गर्ने बेला तथाकथित व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको एकपक्षीय नाटक मञ्चन गरियो। एमसिसी र एसपिपी आएपछी नेपाली अनुहारका देशद्रोही को को छ्न भन्ने कुरा जनताले चुन्ने अवसर पाए।

गाउघरमा उत्पादनशिल पुजि र श्रम छैन। मेनपावर कम्पनी खोलेर राज्यले नागरिक वेच्ने नीति लिएको छ। यसले नै देशमा आर्थिक संकट पैदा गरेको छ। परिवर्तन र क्रान्तिका लागि आबश्यक परेछ भने हतियारवद्ध हुने बेला आउन सक्छ। तीन बुदेको पालना र कार्यान्वयन गर्नुको सट्टा पक्राउ पुर्जी जारी गर्ने भनेको नागरिकलाई युद्दमा जान बाध्य पार्ने दुस्प्रयास हो। वस्तु तथा सेवा र उपभोक्ताविच सिधा सम्बन्ध हुने हो र उत्पादित वस्तुको स्वदेशमा नै खपत हुने हो भने महङ्गी घट्छ तर राज्य दलाल र दलाल पुजिपतिको पक्षधर भयो। महङ्गी बाट पार पाउन राष्ट्रिय पुजिको प्रवर्द्धन गर्ने राज्य हुनुपर्छ। त्यो विना महङ्गी घटाउन असम्भव छ।तीन वुदे उल्लंघन गरेर सरकारले मुडभेडको स्थिति बनाउन खोज्दै छ। यदि पुनः प्रतिबन्ध लगाउने सरकारको तयारी हो भने हामी पनि लडाइका लागि तयार हुनुपर्ने हुन्छ। सरकार पनि तयार भएर बस्दा हुन्छ।”

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादिका संयोजक कर्णजित बुढाथोकी (शुसिल)ले “समयले नया गठन , पुनर्गठन र विघटनको पनि माग गरेको छ। केहिदिन अघि प्रचण्डले देउवालाई तपाईं पहिलो हुनुहोस तर हामीलाई दोस्रो बनाउने कि नबनाउने भनेर घृणित अभिव्यक्ति दिनु भयो। यसले संसदवादीहरुको तल्लो स्तरको संस्कृतिको अभिव्यक्ति गर्छ।”
मन्तव्य राख्दै फेरि शुसिलले भने-” युक्रेन पछि ताइवान र नेपाल अमेरिकी साम्राज्यवादको निशानामा छन।आजको नेपालमा राष्ट्रियताको सवाल निकै जटिल बन्दै छ ,यसबिरुद्ध कसरी जुझ्ने भन्ने बारे हामी चार दल एक ठाउमा छौ। देशमा आर्थिक संकट आउदै छ यसको मुख्य कारण अहिलेको सत्ता र शासकको चरित्र हो। नेपाल कम्युनिस्ट पार्टी र सरकार विच भएको तीन बुदे सहमति राज्यले कार्यान्वयन गरेको छैन। यसले उनिहरु देशमा हत्या हिंसा गराएर शासकीय संकटलाइ पार लगाउन खोज्दैछन भन्ने कुरा देखियो। फेरि देशलाई युद्दमा धकेलिन्छ भने यसको जिम्मा काङ्ग्रेस र देउवाले लिनुपर्छ। हामी नेपालमा युद्द चाहान्नौ ,यदि युद्ध भैहालेमा हामी जनयुद्ध होइन राष्ट्रिय प्रतिरोध युद्दमा जानेछौ। हामी रणनैतिक मोर्चालाई अब पार्टी एकताको स्तरमा विकास गर्न चाहान्छौ। हामिले चुनाव प्रयोग गर्ने भए पनि, बहिस्कार गर्ने भए पनि एउटै कार्यनीतिमा जानू पर्छ।”

त्यस्तै आजको साम्राज्यवादको पछिल्लो चरित्र , बिशेशत अमेरिकी साम्राज्यवादको बिगत तर्फ कोट्याउदै बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपालका प्रवक्ता जागृत रायमाझीले भने -“हामीलाई विगत ८० वर्ष देखिको इतिहास थाहा छ। यसविचमा अमेरिका जहाँ जहाँ जान्छ , उसले त्यहाका प्राकृतिक सम्पदाहरु र देशहरुलाई ध्वस्त पार्दै आयको छ। जब अमेरिका नेपालमा आउदैछ तब हामीले हाम्रो पानी र हाम्रो विजुलीबारे निर्णय गर्न पाउने छैनौ। भारत चीन वा अन्य कुनै देशले हाम्रा विरुद्द कुनै काम गरेका छन वा छैनन त्यो पनि बहस गरौला तर अमेरिकी साम्राज्यवादको विरुद्ध उसको हाकाहाकी दमनका विरुद्ध चीन उभिएको सहि हो, चिनलाइ घेर्न अमेरिका एमसिसी , एसपिपी जस्ता कार्यक्रम लियर आयको छ।”
एक फरक प्रसंगमा रायमाझीले भने-“नेपालको इतिहासमा राजालाई रास्ट्रवादी भनेर व्याख्या गरिन्छ तर यो बुझाइ गलत छ। यो देशमा गोर्खा भर्ती केन्द्र राखेर राज गर्ने राजा कसरी देशभक्त भन्न मिल्छ? कोशी, गण्डकी र कालापनीमा सेना राख्न दिने पनि राजाहरु नै थिए। यो विषय पनि नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले बहस गर्नु पर्ने मुद्दा हो। हाम्रो देशको वार्सिक वजेटभन्दा बढी हाम्रो व्यापार घाटा छ। दलाल पुजिवाद वास्तवमा पुजिबाद नै होइन , पुजिवादले त कमसेकम बस्तु र सेवाहरुको उत्पाद्न गर्न खोज्छ,त्यसो भएको खोइ! यो दलाल पुजिवादका मतियार काङ्ग्रेस एमाले र माओवादी हुन। यिनिहरुले चलाएको यो देशको सरकार असनको व्यापारी जस्तो छ।अन्तरास्ट्रिय बजारमा तेलको मुल्य घटेको छ, स्वचालित प्रणाली अनुसार यहाँ तेलको मूल्य घटेको छैन ।६० को दशक पछि संसारभरी कहिपनी क्रान्तिको विजय भएको छैन। हामिले सफल हुनै नसक्ने क्रान्ती नगरौ भन्ने हाम्रो भनाइ छ। केहिदिन अघि एक कार्यक्रममा कमरेड विप्लवले अदालत र न्यायाधीशहरुका विसयमा आलोचना गर्नु भएको थियो, सायद त्यो भएर न्यायलयले पुर्जी काटेको हो भने यो गलत छ।
कमरेड किरण! तपाइ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासको महत्त्वपूर्ण व्यक्ति हो ,तपाइको बचेखुचेको साख नगुमाउनु होस। म अनुरोध गर्छु आउनुहोस् अब रणनीतिक मोर्चालाई चार दलबाट ६ दलमा लैजाउ”

नेकपा केन्द्रिय सदस्य सावित्रा दुरा (आस्था)ले आफ्नो मन्तव्यका क्रममा यो गठवन्धन सरकारले मिलेर देश खादैछन, हामीले त्यसको विरोध गरेपछी महासचिव विप्लव र अन्य कार्यकर्ता विरुद्ध ललितपुर अदालतद्वारा पुर्जी काटिएको छ। यो देशभक्तहरु विरुद्दको षड्यन्त्र हो, हामी यसको घोर भत्सर्ना गर्छौं भन्दै बिरोध जनाइन।

अन्तर्किया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष लिला थापाले मन्तव्यद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रिय कार्यालय सचिव चिरञ्जीवी ढकालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार