आफै बेपत्ता हुन तयार छौं तर बेपत्ता योद्धाहरुका सपना पुरा गरि छाड्ने छौं : विप्लव

डेली न्युजराप्ती       ८ जेष्ठ २०८० १३:४२ मा प्रकाशित     150 No Comments

शेर बहादुर बिश्वकर्मा
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले बरु आफै वेपत्ता हुन परे पनि तयार हुनेछौं तर वेपत्ता योद्दाहरुका सपनाहरु पुरा गरेरै छाड्ने बताएका छन।रास्ट्रीय वेपत्ता योद्दा दिवसको अवसरमा वेपत्ता परिवार समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन।

“जसले बेपत्ता हुने हिम्मत गरे, उनिहरुको कारणले नै आज देशमा गणतन्त्र र परिवर्तन भएको हो।तर उनिहरुका परिवारहरुले आफ्ना आफन्तहरू खै ? भनेर प्रश्न गरिरहेका छन।यो प्रश्न अहिलेको गणतन्त्र , सबै पार्टी र नेताहरूलाई सोधिएको प्रश्न हो”-उनले भने-“बेपत्ता र सहिदका परिवारले आफ्ना परिवारको बलिदान प्रति गौरव गर्ने स्थित बनेको छैन, उल्टै उनिहरु अपमानित हुनु परेको छ।”

१४ औं रास्ट्रीय वेपत्ता योद्दा स्मृति दिवसको सन्दर्भमा वेपत्ता योद्दाको सपना, सार्वजनिकनिकरण र शान्ति प्रक्रिया बिषयक अन्तर्कृयामा बोल्दै महासचिव विप्लवले जसरी जनयुद्धले इतिहास रचेको थियो अब फेरि नयाँ इतिहास शुरुआत गर्ने बेला आएको छ त्यो संभव पनि छ- उनले भने।

एकपटक प्रचण्ड फेरी माओवादी जस्तो हुनुहोस् , बेपत्ता योद्दा , युवा ,किसान ,दलित महिला र देशको हितमा प्रचण्डले सरकारमा प्रस्ताव ल्याउनुहोस, हामी सडकबाट लाड्न तयार छौं । के तपाईं तयार हुनुहुन्छ ? भन्दै आफुहरु सहिद, बेपत्ता र युवाहरूलाई बिभाजित हुन नदिने बरु नयाँ उचाईमा एकीकृत गर्ने बताए।

देशको विद्यमान संकट र राजनीतिक निकासतर्फ संकेत गर्दै महासचिव विप्लवले आफुहरुले २१ औं शताब्दीमा एकदलीय समाजवाद होइन प्रतिस्पर्धामक समाजवाद चाहेको र नेपालको संविधान र सबै दलहरुले आफुलाई समाजवादी भन्ने गरेको भए पनि नेपाल कम्युनिस्ट पार्टीले समाजवादको कुरा गर्दा एकदलीयताको आरोप लगाउने गरिएको समेत टिप्पणी गरे।

आइतबार आयोजित अन्तर्कृयामा प्रधानमन्त्री प्रचण्ड ,काङ्ग्रेस नेता रमेश लेखक, एमाले उपमहासचिव प्रदिप ज्ञवाली, जनता समाजवादीकी नेतृ हिसिला यमी र वरिष्ठ अधिवक्ता एकराज भन्डारीले समेत सम्बोधन गरेका थिए । वेपत्ता परिवारको तर्फबाट डा राम भण्डारी ,इन्द्र केशरीश्रेष्ठ,टिका कडेल,आरतीले वेपत्ताहरुको स्थिति सार्वजनिक गरि उनिहरुको योगदानलाई संस्थागत गरिनुपर्ने माग समेत राखेका थिए भने कार्यक्रमको सञ्चालन बेपत्ता योद्दा परिवार केन्द्रिय सदस्य आस्था सी ले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार