दाङमा बन्द:सवारी साधनमाथी आगजनी,रिपोर्टिङमा रहेका पत्रकार सहित ८ जना नेता गिरफ्तार

डेली न्युजराप्ती       ७ भाद्र २०७९ ०८:४२ मा प्रकाशित     251 No Comments


दाङ।दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दाङमा प्रहरीले बन्दकर्तामाथी अत्याधिक बल प्रयोग गर्दै ८ नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ।
प्रहरी प्रशासनले घोराहीबाट अखिल (क्रान्तिकारी)दाङ जिल्लाका संयोजक खुमन पौडेल, जिल्ला सदस्य टार्जन वली र हिमाल के सी लगायत ४ जनालाई पक्राउ गरेको छ।

समाचार संकलनका लागि गएका पत्रकार पक्राउ समाचार संकलनका लागि गएका पत्रकार हेमन्त प्रकाश वलीलाई प्रहरीले पत्रकार गरेको छ । बन्दको प्रभावबारे समाचार संकलन गर्न गएका वलीलाई प्रहरीले भिडियो खिचेको आरोपमा पक्राउ गरेको हो ।

अहिले उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । उनीसँगै विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द्र, मजदुरका केन्द्रीय सदस्य संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ । वली जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हुन् ।

अत्याधिक मापदण्ड विपरीत ढुंगा खसाउदै हिडेका टिप्पर बन्दकर्ताले नियन्त्रणमा लिएका थिए । बन्दकर्ताले ट्राफिक कार्यालय तुलसीपुरलाई मापदण्ड चेकजाँच गर्न अनुरोध समेत गरेका थिए । तर टिप्पर व्यवसायीको ठूलो दबाब पछि प्रहरीले दमन गरेर रोकिएका टिप्परलाई स्कटिङ गरेको थियो । ओलीले त्यसैको रिपोर्टिङ गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेकटर बखत बहादुर शाह वलीलाई हप्काउँदै भिडियो नखिच्न दवाव दिएका थिए । नेकपासहित ४ पार्टीले आयोजना गरेको नेपाल बन्दलाई असफल बनाउन प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार