विप्लवलाई तुलसीपुरको बाँसगढीमा सहिद , बेपत्ताका परिवारले गरे स्वागत (फोटोफिचर)

डेली न्युजराप्ती       १२ जेष्ठ २०८२ २१:३३ मा प्रकाशित     509 No Comments

हेमन्तप्रकाश वली ।
जेठ ११,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई तुलसीपुर-१९ बाँसगढीका सहिद , बेपत्ता परिवारका आफन्तजनहरुले स्वागत गरेका छन् ।
सहिद महानको शालिक अनावरण एवम स्मृति सभालाई सम्बोधन गर्न आइतबार दाङ आइपुगेका महासचिव विप्लवलाई सहिद , बेपत्ताका परिवारले स्वागत गरेका हुन् ।

नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य राम बहादुर थापा (सुन्दर)का छोरा वीर बहादुर थापा जनयुद्धमा तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका थिए ।

नेता सुन्दरले विप्लवलाई स्वागत गर्दै जनयुद्धको सपना पूरा नभएको बताए ।
नेता सुन्दरको नेतृत्वमा सहिद कोदुलाल चौधरीको जिवनसंगिनि बिश्रामी चौधरी , सहिद नैना घर्तीका दाइ तिलक घर्ती लगाएतले महासचिव विप्लवलाई स्वागत गरेका हुन् ।

महासचिव विप्लव सीलाई स्वागत गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका जिल्ला सचिव तिलक सी , स्थानीय पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपाका महासचिव विप्लव सीलाई आज साँझ बाँसगढिका स्थानीय जनता , सहिद , बेपत्ता तथा घाइते परिवारका आफन्तजनले आफ्नै घरमा खाना र बस्नको व्यवस्थापन गरेको जानकारी दिए ।

स्वागत ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव विप्लव सीले स्थानीय जनता , सहिद , बेपत्ता परिवार एवम जिल्ला पार्टीपंक्तीलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।

उनले सहिद , बेपत्ता तथा घाइतेहरुको भावना आफुले बुझेको र क्रान्ती अधुरो रहेको निष्कर्ष सहित एकीकृत जनक्रान्ति मार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापना लागि पार्टीले संघर्ष गरिरहेको बताए ।

नेता विप्लवले सहिद , बेपत्ता , घाइते योद्धाहरुको सपना कुनैपनी हालतमा पूरा गरिछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

विप्लवले भोलि मध्यान्ह १२ बजे बबई गाउँपालिका-३ हंसपुरमा निर्मित एकीकृत जनक्रान्तिका सहिद गादिराम राना (महान)को शालिक अनावरण एवम स्मृति सभालाई सम्बोधन गर्नेछन् ।

विप्लवले जेठ १३ गते घोराहीमा सर्वपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा दाङका सचिव तिलक सीले जानकारी दिए ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार