अब अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ती युद्ध हुन्छ: नेता प्रदिप

डेली न्युजराप्ती       १३ भाद्र २०८० १८:१८ मा प्रकाशित     244 No Comments

भदौ १३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ती युद्ध हुने बताएका छन् ।

एमसिसी कार्यान्वयनका विरुद्ध नेकपा पश्चिम दाङ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको संयुक्त आयोजनामा तुलसीपुरमा आयोजित बिरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेता प्रदिपले उक्त कुरा वताएका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेता प्रदिपले भने– ‘अमेरिका नेपालमा एमसिसी मार्फत सेना ल्याएर आउँदैछ । अमेरिकी साम्राज्यवादले नेपाललाई युक्रेन बनाउन खोज्दैछ । एमसिसी मार्फत चिनलाइ घेर्ने रणनीति र यहाँका प्राकृतिक स्रोतसाधनहरु कब्जा गर्ने रणनीति अमेरिकाको हो । एमसिसि घातक छ भन्दाभन्दै यहाँका दलालहरुले कार्यान्वयन प्रक्रिया बढाएका छन् जो राष्ट्रिय स्वाधीनता विरुद्ध छ । अब हाम्रो अगाडि अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ती युद्ध लड्नुको विकल्प छैन।’

यस्तै कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुखीले अमेरिकाले नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाइ सिध्याउने रणनीति सहित आएको बताए ।
उनले अमेरिकाले एमसिसी मार्फत नेपालका प्राकृतिक स्रोत कब्जा गर्ने , बिश्वको महाशक्ति बन्दै गएको चिनलाइ घेर्ने रणनीति भएको ठोकुवा गरेका थिए ।

नेता हिरामणी दुखिले एमसिसीका राष्ट्रघाती प्रावधानहरु थाहा हुँदाहुँदै पनि नेपालका दलालहरुले एमसिसी कार्यान्वयन गर्न खोजिरहेको बताउदै नेपालका साम्राज्यवादका दुतहरुलाइ समेत अबको आन्दोलनले बढार्ने उद्घोष गरेका थिए ।

कोणसभाको सहजीकरण नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार