तुलसीपुर-९ लाई विकास र समृद्धिको नमुना वडाको रुपमा चिनाउछु: पाण्डे

डेली न्युजराप्ती       १६ बैशाख २०७९ २०:१७ मा प्रकाशित     344 No Comments


बैशाख १६,तुलसीपुर। तुलसीपुर-९ बाट स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार इश्वरी प्रसाद पाण्डेले वडालाइ विकास र समृद्धिको वडाका रुपमा चिनाउने बताएका छन।
शुक्रवार तुलसीपुर-९ मा भएको स्वतन्त्र उम्मेदवारहरुको चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले उक्त कुरा बताएका हुन।

तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बाट नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार पाण्डेले यो निर्वाचनमा जनताले योग्य,इमानदार र विकास र समृद्धिको खाका कोर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने समेत जिकिर गरे। उनले भने– ‘म अहिलेसम्म कुनैपनि निर्वाचनमा सहभागी भएन,इमानदारीता र नैतिकतामाथी प्रश्न उठेको पनि छैन तर अहिलेसम्म निर्वाचित जनप्रतिनिधिले जनताको मतलाइ अनधिकृत रुपमा प्रयोग गरेका थिए,अब त्यसो हुदैन।’

स्वतन्त्र उम्मेदवार पाण्डेले अघि भने– ‘निर्वाचित भएपछि जनताको सेवक बनेर काम गर्छौं तर शासक बन्नेहरुलाइ भोट किमार्थ नदिनुहोला।’

मतदाताको अमुल्य मत भ्रष्टाचार,व्यथिती,अनियमितता गर्ने लाइसेन्स बन्न नहुने भन्दै उनले भोट दिदा वडाको बृहतर विकास,समृद्धि,भ्रष्टाचार मुक्त र सुशासन युक्त वडा बनाउने चाहाना सहित मैदानमा उत्रिएको स्वतन्त्र प्यानलाइ दिन अपिल समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार