हामीले हतियार लुकाएका छैनौं,हामिसंग बैचारिक हतियार छ: डिल्ली

डेली न्युजराप्ती       ३० फाल्गुन २०७८ १८:१३ मा प्रकाशित     629 No Comments


दाङमा राष्ट्रघाती एमसिसी पारित तथा मजदुर बिरोधी सरकार विरुद्ध प्रदर्शन सभा
न्यूजराप्ती,फागुन ३०,घोराही। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचीव डिल्ली वलीले आफुहरुसंग भौतिक हतियार नभएको बताएका छन।
आज सोमबार घोराहीमा राष्ट्रघाती एमसिसी सम्झौता पारित तथा मजदुर बिरोधी सरकार विरुद्धको प्रदर्शन सभालाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन। नेता डिल्लीले राज्यले आफुहरुले हतियार लुकाएको आशंका गरेको प्रसंगमा बोल्दै भने– ‘हामिसंग भौतिक हतियार छैन। हामिसंग बैचारिक हतियार छ त्यो एकीकृत जनक्रान्ती हो।’
नेता डिल्लीले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनी तागतमा एमसिसी लागू हुन नदिने जिकिर समेत गरेका थिए। उनले संसदबाट पास भएको एमसिसी परियोजना नेपाली जनताले कार्यान्वयन हुन नदिने र राज्यले बलजफ्ती गरे बिद्रोह हुने चेतावनी दिएका हुन।

हिजो महान जनयुद्धका नायक प्रचण्ड आज खलनायक रुपमा परिणत भएको समेत उनको भनाइ थियो। उनले भने– ‘पटकपटक राष्ट्रघात गरेको पार्टी कांग्रेससंग मिलेर हिजोका नायक र आजका खलनायक प्रचण्डले राष्ट्रघाती एमसिसीमा सहिछाप गरेर राष्ट्रघात गरेका छन ।’
नेता डिल्लीले वर्तमान सरकारले मजदुरहरुको विरुद्धमा गरेका हर्कतहरुको निरन्तर भण्डाफोर गर्ने समेत बताएका हुन। आजपनी मजदुरहरुले पारिश्रमिकको उचित ज्याला नपाउने,मजदुर माथी शोषण,दमन र उत्पीडन चलिरहेकाले यो व्यवस्थाबाट मजदुर हक,अधिकार स्थापित नहुने बताए।उनले सबैखाले शोषण,दमन,उत्पीडनबाट मुक्त हुन वास्तविक शान्ती,समृद्धि र स्वाधीनता प्राप्तीका लागि सम्पुर्ण श्रमिकहरु एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न लामबद्ध हुन अपिल समेत गरेका थिए।

प्रदर्शन सभामा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुक) का प्रतिनिधि मनिराम खनालले संसदमा ध्वनी मतद्वारा पास भएको एमसिसी परियोजना अबैधानिक र राष्ट्रघाती भएको बताए। उनले एमसिसी परियोजना मार्फत स्वतन्त्र देशलाइ अमेरिकी उपनिवेश बनाउन खोजेको बताएका थिए। नेता खनालले एमसिसी परियोजना विकास परियोजना हो भनेर नेपालका दलालहरुले जनतालाइ ढाटेको बताए। उनले भने– ‘ एमसिसि परियोजना सहयोग परियोजना होइन।यो अमेरिकी सैन्य रणनीति हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो। एमसिसि मार्फत अमेरिका नेपाललाइ रणमैदान बनाउन चाहन्छ ।’

यस्तै संयुक्त ट्रेड युनियन संघर्ष समिती दाङद्वारा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नरेन्द्र बन्जाडेले
राष्ट्रघाती एमसिसी सम्झौता नेपाली जनताको प्रतिरोध संघर्षका बिच लागू हुन नसक्ने जिकिर गरेका थिए। नेता बन्जाडेले एमसिसी परियोजना नेपाली जनतालाइ स्विकार्य नभएकाले लागू हुन नसक्ने बताएका हुन। उनले नेपाली जनताको तागतबाट एमसिसी खारेज गराएरै छाड्ने उद्घोष गरेका हुन।
नेता बन्जाडेले मजदुर बिरोधि सरकार र राष्ट्रघाती एमसिसी सम्झौतालाई नेपाली जनताको प्रतिरोध संघर्षबाट सदाका लागि बिदा गरिने उद्घोष गरेका थिए।
राष्ट्रघाती एमसिसी सम्झौता पारित तथा मजदुर बिरोधि सरकार विरुद्ध प्रदर्शन सभा विप्लव नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ सहित राष्ट्रिय जनमोर्चा र नेकपा(क्रान्तिकारी माओवादी) निकट ट्रेड युनियनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

संयुक्त ट्रेड युनियन संघर्ष समिती दाङद्वारा आयोजित प्रदर्शन सभाको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज संजयले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार