काठमाण्डौ, २६ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ८७ जनाको नमुना परिक्षण गर्दा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा दुई सय एक जना निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय १६ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.