मंसिर ४ , दाङ । देशभरी आज संघ र प्रदेशको निर्वाचन चलिरहेको छ । विहान ७ बजेदेखी साझ ५ बजेसम्म हुने संसदीय निर्वाचनमा देशका विभिन्न ठाउमा मतपेटिका तोडफोड , आगजनी , शंकास्पद बस्तु फेला पर्नेदेखी लिएर केही स्थानमा बम बिस्फोट समेत भएका समाचारहरु संचारमाध्यममा सार्वजनिक भइरहेका छन ।
यस्तै संसदीय निर्वाचनमा रुकुमका तीन मतदान केन्द्रमा मतपेटिका तोडफोड गरिनुका साथै मतपत्र च्यातिएको छ ।
रुकुम (पश्चिम)को आठबिस्कोट नगरपालिकाभित्र रहेका गोतामकोट , घेतमा र चौर मतदान केन्द्रमा तोडफोड भएको हो ।
मतदान केन्द्रबाट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हरि पुन , नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य महेश र राकेशलाइ प्रहरीले नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.