फिफा महिला विश्वकप फुटबल: आजदेखी क्वाटरफाइनलका खेल सुरु

डेली न्युजराप्ती       २६ श्रावण २०८० ०७:३४ मा प्रकाशित     134 No Comments

२६ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल सुरु भएका छन् ।

पहिलो खेलमा दुई युरोपेली राष्ट्र स्पेन र नेदरल्याण्ड्स खेल्दैछन् । यो खेल न्युजिल्याण्डको वेलिङ्टन रिजनल स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ७ बजे सुरु भएको छ । स्पेनले अन्तिम १६ मा युरोपकै स्वlट्जरल्याण्डलाई तथा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएर क्वाटरफाइनल पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनल खेल एसियन राष्ट्र जापान र युरोपियन राष्ट्र स्वीडेनबीच हुनेछ । यो खेल एडेन पार्ककमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा क्वाटरफाइनल खेल्ने टिममध्ये जापान मात्रै पूर्वविजेता हो ।

यस्तै शनिबार सहआयोजक अष्ट्रेलियाले फ्रान्स तथा इंग्ल्याण्डले कोलम्बियासँग क्वाटरफाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार