जब लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती(बसन्त) विप्लवको धान रोपाइँमा पुगे(फोटोफिचर)

डेली न्युजराप्ती       १२ श्रावण २०८१ १५:४० मा प्रकाशित     164 No Comments

हेमन्त प्रकाश वली ।
श्रावण १२ , घोराही ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) नेकपाको धान रोपाइँमा सहभागी भएका छन् ।
शनिवार विप्लव नेतृत्वको नेकपा दाङ अन्तर्गत घोराही उत्पादन केन्द्र स्थित १६ नं.वडाको गरुवागाउमा सभामुख घर्ती शनिवार विहान धान रोपाइँको अवलोकन गर्न पुगेका हुन् ।

नेकपाको निमन्त्रणामा धान रोपाइँको अवलोकन गर्न पुगेका सभामुख घर्तीले सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिन भने मानेनन् ।

सभामुख घर्तीले स्वागतका लागि पुष्पगुच्छा सहित उभिएका नेकपाका नेताकार्यकर्ताको उत्साह , जाँगर , विचार , प्रतिबद्धता देखेर आफू खुशी भएको प्रतिक्रिया मात्रै दिन भ्याएका थिए ।

उनिसंगै शनिवारको धान रोपाइँ उद्घाटनमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीका सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी समेत सह्भागी थिए ।

धान रोपाइँको उद्घाटन गर्दै नेता सन्तोष सीले समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ती सम्पन्न गर्न उत्पादनलाई अघि बढाएको बताएका थिए ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार