काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (मंगलबार) बाट शुुरु हुँदैछ ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने उदघाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशको सामना गर्नेछ । अर्को खेलमा एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ।
आगामी माघ १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी छन ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले पाँच लाख पुरस्कार पाउने छ । दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५ २५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार पुरस्कार दिइने छ ।
प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने बताइएको छ । प्रतिायोगिता बाट नेपालको राष्ट्रिय क्रिकेट टिम छनोट हुनेछ । क्यानले प्रधानमन्त्री कप पछि चार देशको महिला क्रिकेट शृंखला नेपालले नै आयोजना गर्दैछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.