९ असार / नेपालले आज घरेलु टोली भारतसँग १४ औं संस्करणको साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ । बैंग्लोरमा जारी प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल राति पौने ८ बजे सुरुहुने छ ।
पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाल भारतविरुद्ध पुरानो खेललाई विर्सिएर नयाँ तरिकाले अघि बढ्ने लक्ष्यमा रहने छ ।
गत संस्करणमा नेपाल र भारत उपाधिका लागि उत्रिएका थिए । जसमा भारतले उपाधि जित्दा नेपाल उप विजेता भएको थियो ।
साफ फुटबलमा नेपालले हासिल गरेकै अहिलेसम्मको ठूलो उपलव्धि त्यही हो ।पहिलो खेलमै कुवेतसँग पराजित भएको नेपाल सेमिफाइनल प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नै पर्ने दबाबमा रहेको छ ।
भारतले भने पहिलो खेलमै पाकिस्तानविरुद्ध जित निकालेको थियो ।नेपाल र भारतबीच अहिलेसम्म २३ खेल हुँदा भारतले १६ खेलमा बाजी मारेको छ ।
नेपालले २ पटक मात्रै जित निकाल्न सकेको छ भने ५ खेल बारबरीमा टुंग्गिएका छन् । साफ च्याम्पियनसिप अन्तर्गत आज नै पाकिस्तान र कुवेत आमने सामने हुने छन् । यो खेल भने दिउँसो पौने ४ बजे सुरुहुने छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.