काठमाण्डौ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.