विप्लव नेतृत्वको नेकपाद्वारा शान्तिनगर गाउँपालिकामा सहिद परिवारलाई अभिनन्दन

डेली न्युजराप्ती       १९ फाल्गुन २०८१ २१:१४ मा प्रकाशित     656 No Comments

फागुन १८,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँकमिटीले सहिद परिवारलाई अभिनन्दन गरेको छ ।
आइतबार नेकपा शान्तिनगर गाउँकमिटीको आयोजनामा जनयुद्ध एवम एकीकृत जनक्रान्तिका सहिद , बेपत्ता परिवार र घाइते योद्धाहरुलाई सम्मान एवम अभिनन्दन गरिएको हो ।

नेकपाले सहिदहरुको योगदानको सम्मानका खातिर कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

नेकपाका जिल्ला नेता सुधारको सहजीकरणमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम शान्तिनगर गाउँकमिटीका इन्चार्ज निर्मल सीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज सीको अध्यक्षता रहेको थियो भने आतिथ्यता पार्टीका जिल्ला सचिवालय सदस्य बिजय सी , पार्टीका जिल्ला सल्लाहकार समितिका सदस्य शुरेश सी , नेता लक्ष्मण केसि लगाएतको आतिथ्यता रहेको थियो ।

सहिद , बेपत्ता परिवार एवम घाइते योद्धाहरुको सम्मान एवम अभिनन्दन कार्यक्रममा दर्जनौंलाई अभिनन्दन एवम सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार