नेकपा सल्यानको सेक्रेटरीमा मदन चन्द

डेली न्युजराप्ती       २३ भाद्र २०७९ २०:३३ मा प्रकाशित     312 No Comments

भदौ २३, सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरी मा मदन चन्द निर्वाचित भएका छन् । बिहीबार श्रीनगरमा भएको छैठौं जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

सम्मेलनमा केन्द्रीय सदस्य बलबहादुर ओली ‘शितल’को प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै उनले नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहने बताएका छन् ।

उनले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताए । उनले भने, ‘अहिले संसदीय व्यवस्थामा जनताको विश्वास छैन् । विस्तारै संसदीय व्यवस्थाको मत पनि घट्दै छ । अहिले निर्वाचनमा गएर भोट हाल्न जनताको रुचि पनि छैन् ।’

नेपालका संसदवादी पार्टीहरुले देश र जनतालाई आघात पुर्याएर काम गरिहरेकाे समेत उनको भनाई थियोे । विदेशीहरुलाई पोस्नेखालको नीति नियम बनाएर नेपाल र नेपाली जनतामा संसदवादीहरुले घात गरेको उनले बताए ।

उनले भने, ‘जनताप्रति संसदवादीहरुको कुनै माया र अभिलाषा छैन् । बिदेशीहरुलाई पोस्ने काम उनिहरुको मुख्य काम हो । यीनिहरुकै कारण नेपालमा बिदेशीको ठाडो हस्तक्षेप छ ।’

संसदवादीहरुले सिधै वैधानिक भ्रष्टाचार गरिरहेको नेता शितलको आरोप छ । जनताको सेवा गर्नेहरुले तलब खाने नहुँने तर्क गर्दै उनले जनताको करले अहिका जनप्रतिनिधिहरुलाई पाल्न ठिक्क भएको बताए ।

आफ्नो पार्टी अहिले संख्यात्मक रुपमा कम जस्तो देखिएपनि गुणात्मक रुपमा बढीरहेको उनले बताए । अब वैज्ञानिक समाजवादमा पुग्नको लागि एकीकृत जनक्रान्तिलाई आत्मसात गर्दै आफुहरु अगाडि बढ्ने उनले बताए ।

निवर्तमान जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, विभित्र जनवर्गीय मोर्चाका नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार