तुलसीपुरमा चेम्बरले २५ लाख राजश्व तिरेर फागुन १ गतेदेखि १६ गतेसम्म महोत्सव लगाउने

डेली न्युजराप्ती       २२ माघ २०८१ ०७:५६ मा प्रकाशित     151 No Comments

तुलसीपुर, २१ माघ ।
दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म दाेस्राे तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो।

आइतबार आयोजकले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको हो। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार कृषि,पर्यटन,संस्कृतिक तथा व्यापार प्रबर्दन गर्नकालागि महाेत्सव सञ्चालन गर्न लागेकाे हाे ।

महाेत्सवबाट ३ कराेड काराेबार गर्ने लक्ष्य राखिएकाे छ । जसबाट भएकाे बचतले आफ्नाे भवन बनाउने लक्ष्य रहेकाे छ । स्थानीय व्यापारी, स्थानीय कृषि र कलालाई प्राथामिकता दिने उनले बताए । साथै महाेत्सव लगाउन उपमहानगरपालिकाले याे पटक २५ लाख राजश्व लिएकाे र सरसफाई शुल्क थप ५० हजार लिएको बताए । तर, पछि बिधान परिवर्तन गरेर शूल्क घटाईएमा मान्य नहुँने बताए ।

उपाध्यक्ष सन्ताेष खड्काले स्वागत मन्तब्य ब्यक्त गरेकाे कार्यक्रमकाे सहजीकरण महासचिब दुर्गा शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार