तुलसीपुरका एक व्यापारीमाथी यौन सम्बन्धको प्रस्ताब राख्दै ५ करोड बार्गेनिङ गर्ने तीन जना पक्राउ

डेली न्युजराप्ती       २५ मंसिर २०७९ ०९:१४ मा प्रकाशित     192 No Comments

दाङ २५ मंसिर / दाङ तुलसीपुरका एक ब्यापारिमाथि यौन सम्बन्धको प्रस्ताब राख्दै ५ करोड बार्गेनिङ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सञ्जिव बेलवासेका अनुसार एक पुरुष र २ महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ बर्षीया कृष्णिकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षिया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पक्राउ गरिएको हो ।

तुलसीपुरका एक ब्यबसायी माथि व्ल्याकमेलिङ रकम माग्ने उनीहरुमध्ये पुरुषलाई नारायणपुरबाट र महिलाहरुलाई तुलसीपुरबाट पक्राउ गरिएको हो । उनीहरुले बलात्कारको मुद्दा हाल्ने भन्दै पाँच करोडको बार्गेनिङ गर्दै आएका थिए । बार्गेनिङ् गरेपछि ति ब्यबसायीले उनीहरु विरुद्ध प्रहरीमा जाहेरी दिएपछि पक्राउ गरिएको हो । उनीहरुले ३० लाख नगद लगिसकेको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै घटनाको मतियार अनुष्का रहेको र उनका दुई वटा नागरिगकता रहेको समेत खुलेको छ । पक्राउ परेका उनीहरुलाई दोस्रो पटक म्याद थप गरि अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार