सरकारद्धारा भोलि सार्वजनिक बिदा

डेली न्युजराप्ती       १८ फाल्गुन २०७८ १७:२७ मा प्रकाशित     322 No Comments


काठमाण्डौ, १८ फागुन । सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।मन्त्रालयको सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार