तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

डेली न्युजराप्ती       १० असार २०८० १४:१६ मा प्रकाशित     167 No Comments

तुलसीपुर, १० असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरी निवासी १३ वर्षीय दक्षिना वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ । उनलाई आफ्नै घरमा सुतिरहेको समयमा पहिचान हुन नसकेको सर्पले हिजो दिउँसो २ बजेतिर डसेको भएपनि आफन्तले राति ९ बजे मात्रै उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए ।

उनलाई थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएकोमा उपचारका क्रममा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभएको छ । बालिकाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार