काठमाडौं: नेवार समुदायले परम्परागत रूपमा मनाउदै आएको गाईजात्रामा यो वर्ष राष्ट्रघाती एमसीसी सम्झौता गर्ने नेता, मन्त्रीहरूप्रति तीव्र वितृष्णा र आक्राेससहित गाईजात्रा मनाएका छन् ।
भक्तपुरको पाँचतले मन्दिरमा हजारौं मानिसहरू जम्मा भएर राष्ट्रघाती एमसीसी सम्झौता भित्र्याउने प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड, केपी वली, बाबुराम भट्टराई, आरजु देउवालाई एमसीसीको मतियार भन्दै उनीहरूको फाेटाे रथमा राखेर नागरिकता विधेयक खारेज गर, एसपीपी मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, बढ्दो महङ्गी, कालाबजारी नियन्त्रण गर लेखिएको बाेर्ड, महङ्गी, भ्रष्टाचार, सिमा अतिक्रमण विरुद्ध र नेपाललाई युक्रेन बन्न नदिऔँ भन्दै प्लेकार्ड, पम्प्लेट र आक्राेसपूर्ण नारासहित बजार परिक्रमा गर्दै गाईजात्रा मनाएका छन् ।
परम्परागत रूपमा सांस्कृतिक रूपले नेवार समुदायले वर्षभरी बितेका आफन्तहरुकाे फाेटाेसहितको गाईजात्रा मनाउँदै आएका छन् । तर पछिल्लो समय राजनीतिक व्यङ्ग्यात्मक रूपमा पनि मनाउँदै आएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.