विप्लवलाई केन्द्रीय सदस्यहरुको सुझाव ‘एनसेल काण्ड , एमसिसि र पक्राउ पुर्जी विरुद्ध सङ्घर्ष गरौं’

डेली न्युजराप्ती       ३ पुष २०८० २०:३८ मा प्रकाशित     205 No Comments

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा सुझाब पेश गर्ने नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुपर्ने सुझाव दिएका छन ।

महासचिव विप्लवको प्रस्तावमाथि समूहगत सुझाव पेशगर्ने नेताहरुले महासचिवको प्रस्ताव ठोश र बस्तुवादी भएको बताउदै पार्टीले एमसीसी,पक्राउ पूर्जी र एनसेलकाण्डका विरुद्ध थप सङ्घर्ष गर्नुपर्ने जोडदार माग गर्दै सुझाव दिएका हुन ।

नेकपाको केन्द्रीय समिति बैठकमा १२ बटा समूह मध्य ४ वटा समूहका नेताहरुले सुझाव पेश गर्दै देशी विदेशी प्रतिगामी र साम्राज्यवादीहरुको षड्यन्त्रमा नेकपाको लोकप्रियता घटाउन निकै ठुलो षड्यन्त्र भएको बताएका छन ।

नेकपाका केन्द्रीय सदस्य तथा समूह एकका नेता भगतसिंहले नेकपाको पछिल्लो प्रभावलाई रोक्न पक्राउ पूर्जीको काण्ड आएको बताएका छन ।

उनले एमसीसी,पक्राउ पूर्जी र एनसेलको सेयर खरिद विक्री काण्ड विरुद्ध कडा सङ्घर्षको कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले समाजवादी मोर्चाको कामहरु प्रभावकारी बनाउनु पर्नेर समाजवादी सांंस्कृतिक मोर्चा पनि बनाउनु पर्ने सुझाब दिए ।

बैठकमा समूह दुईको सुझाव पेश गर्दै केन्द्रीय सदस्य शरद सीले पक्राउ पूर्जी काण्ड भनेको नेकपालाई आत्मसमर्पण गराउने षड्यन्त्रमा आएको टिप्पणी गरे । उनले पक्राउ पूर्जी,एमसीसी र एनसेल विरुद्ध थप सङ्घर्ष गर्नु आवश्यक भएको जिकिर गरे । उनले ध्रुवीकरण र एकता गर्दा नीति, नेतृत्व,विचार र सङ्गठनको आधारभूत पक्षलाई ध्यान दिनुपर्ने सुझाव दिए ।

समूह तीनबाट सुझाव दिदै नेकपाका केन्द्रीय सदस्य संगम सीले दलाल तथा साम्राज्यवादी शक्तिहरुको षड्यन्त्र नेकपाका विरुद्ध तिव्र भएको बताए ।

उनले दलाल तथा साम्राज्यवादी षड्यन्त्रलाई परास्त पार्न समाजवादी कम्युनिष्टहरु बिचको एकता आवश्यक भएको बताए । उनले पक्राउ पूर्जी,एमसीसी र एनसेल काण्ड साम्राज्यवादी लुटेराहरुको नेपालमाथिको हस्तक्षेप भएको दाबी गरे ।

उनले एकीकृत जनक्रान्तिमा मध्यमवर्गको भूमिका के कस्तो छ वा भोलि भविष्यमा कम्युनिष्ट पार्टीनै मध्यमवर्गको कब्जामा जाने अवस्था नआहोस भनेर सुझाव दिए ।्

समूह ४को सझुाव दिदै नेकपाका केन्द्रीय सदस्य वाटर सीले नेपाली कम्युनिष्ट आन्दोलनको विकासको खाका सहित नेपाली विशेषताको समाजवाद बारे प्रकाश पार्नुपर्ने बताए ।

उनले चीन नेपालमाथि सक्रिय भएर आएका्े भन्ने कुराले कसरी जाने भन्ने बारे पनि प्र्रष्ट हुनुपर्ने बताए । केन्द्रीय सदस्य वाटरले समाजवादी मोर्चालाई चुनाबी मोर्चा नबनाउन र समाजवादी क्रान्तिको मोर्चा बनाउन सुझाव दिए ।

उनले पक्राउ पूर्जी,एमसीसी र एनसेल काण्ड विरुद्ध थप आन्दोलन गर्नुपर्ने पनि बताए । बैठकमा वाँकी समूहहरुको सुझाव पेश गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार