अखिल (क्रान्तिकारी) झापाको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा डिपी सी

डेली न्युजराप्ती       ५ असार २०८० २१:२९ मा प्रकाशित     168 No Comments

झापा: नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन् ।

अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उ्पाध्यक्ष पदमा सविना सी, सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो संयोजक बिनोद सीले जानकारी दिए ।

हिजो झापाको बिर्तामोडस्थित कनकाई क्याम्पसको सभाहलमा सम्पन्न उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी , अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सी, पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रशान्त सी, झापा जिल्ला सेक्रेटरी सञ्जय सी लगायतले मैन बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुमनसिंह सी ले हजारौं विद्यार्थीहरुको रगत र पसिनाबाट सिर्जीत अखिल (क्रान्तिकारी) को उद्देश्य भनेको वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नु रहेको बताउँदै एकीकृत जनक्रान्तीका विद्यार्थी सहिद प्रज्वल शाहीहरुको बलिदानलाई खेर जान नदिन र बुर्जुवा शिक्षा प्रणालीका बिरुद्ध सशक्त भएर अगाडि बढ्न निर्देशन दिँदै शुभकामना व्यक्त गरेका थिए ।

उक्त सम्मेलनमा सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । सममेलनबाट अध्यक्ष पदमा चयन भएका डीपी सीले झापाली विद्यार्थीहरुको आन्दोलन, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्न विद्यार्थीहरुले बगाएको रगत पसिना र हजारौं सहिदहरुको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार